News Portal

मालपोत कार्यालय सुर्खेतमा एल.आर.ई.एम.एस. प्रणाली मार्फत अनलाईन सेवा प्रदान

हिमाली संचार संवाददाता
१०३१ पटक

सुर्खेत : मालपोत कार्यालय सुर्खेतबाट प्रवाह हुने घरजग्गा रजिष्ट्रेशन तथा रोक्का, फुकुवा तथा अन्य सेवाहरुलाई प्रभावकारी, सुरक्षीत र स्वच्छ बनाउन समय सापेक्ष प्रणालीलाई परिवर्तन गरी जग्गा प्रशासन सम्बन्धी सेवाहरुलाई सूचना प्रविधिमा आधारित गराउन अत्यावश्यक महशुस गरेरै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली ( LRIMS ) कार्यान्वयनमा ल्याएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीबाट मालपोत कार्यालय सुर्खेतमा LRIMS प्रणालीको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएकी मालपोत कार्यालयकी प्रमुख लक्ष्मी खत्रीले प्रणालीबाट प्रारम्भीक चरणमा सेवा प्रवाहमा ढीलाई भएता पनि यसबाट सेवाग्राहीहरुको सम्पत्ति व्यवस्थीत र सुरक्षीत गराउन सहयोग गर्नु पर्ने बताउनु भयो ।

नेपाल सरकार सूचना तथा संचार प्रविधि विकास आयोजना (ICT Development Project) अन्तर्गत एशियाली विकास बैक (ADB) को अनुदान सहयोगमा Web-Based Application विकास गरी १४ वटा मालपोत कार्यालयहरुमा सो प्रणाली सफल परिक्षण भए पश्चात नेपाल सरकारको नियमित बजेट कार्यक्रमबाट मालपोत कार्यालय सुर्खेत लगायत अन्य मालपोत कार्यालयहरुमा अनलाइन सेवा शुरु भएको छ ।

सोही कार्याक्रम अन्तर्गत मालपोत कार्यालय सुर्खेतमा मिति २०७५/०८/१७ गते देखी LRIMS सेवा प्रणाली लागू भएको छ । Internet र Intranet मार्फत सेवाग्राहीलाई अनलाइन रुपमा सेवा प्रदान गरिने हुँदा मालपोत कार्यालयहरुमा हाल यो प्रणाली अनलाइन सेवाले समेत परिचित भएको छ ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...