News Portal

मालपोत कार्यालय सुर्खेतमा एल.आर.ई.एम.एस. प्रणाली मार्फत अनलाईन सेवा प्रदान

हिमाली संचार संवाददाता
९५१ पटक

सुर्खेत : मालपोत कार्यालय सुर्खेतबाट प्रवाह हुने घरजग्गा रजिष्ट्रेशन तथा रोक्का, फुकुवा तथा अन्य सेवाहरुलाई प्रभावकारी, सुरक्षीत र स्वच्छ बनाउन समय सापेक्ष प्रणालीलाई परिवर्तन गरी जग्गा प्रशासन सम्बन्धी सेवाहरुलाई सूचना प्रविधिमा आधारित गराउन अत्यावश्यक महशुस गरेरै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली ( LRIMS ) कार्यान्वयनमा ल्याएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीबाट मालपोत कार्यालय सुर्खेतमा LRIMS प्रणालीको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएकी मालपोत कार्यालयकी प्रमुख लक्ष्मी खत्रीले प्रणालीबाट प्रारम्भीक चरणमा सेवा प्रवाहमा ढीलाई भएता पनि यसबाट सेवाग्राहीहरुको सम्पत्ति व्यवस्थीत र सुरक्षीत गराउन सहयोग गर्नु पर्ने बताउनु भयो ।

नेपाल सरकार सूचना तथा संचार प्रविधि विकास आयोजना (ICT Development Project) अन्तर्गत एशियाली विकास बैक (ADB) को अनुदान सहयोगमा Web-Based Application विकास गरी १४ वटा मालपोत कार्यालयहरुमा सो प्रणाली सफल परिक्षण भए पश्चात नेपाल सरकारको नियमित बजेट कार्यक्रमबाट मालपोत कार्यालय सुर्खेत लगायत अन्य मालपोत कार्यालयहरुमा अनलाइन सेवा शुरु भएको छ ।

सोही कार्याक्रम अन्तर्गत मालपोत कार्यालय सुर्खेतमा मिति २०७५/०८/१७ गते देखी LRIMS सेवा प्रणाली लागू भएको छ । Internet र Intranet मार्फत सेवाग्राहीलाई अनलाइन रुपमा सेवा प्रदान गरिने हुँदा मालपोत कार्यालयहरुमा हाल यो प्रणाली अनलाइन सेवाले समेत परिचित भएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...