News Portal

आधुनिक सामग्री निर्माणको एड्भान्स तालिम सुरु

१७८ पटक

रविन्द्र बराल/ मोरङ, असार २५ – रंगेली नगरपालिकामा बाँसबाट आधुनिक सामग्री निर्माणसम्बन्धी एक महिनाको एड्भान्स तालिम सुरु भएको छ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका उप–प्रमुख भुमा पराजुली, कार्यकारी अधिकृत प्रदीप कुमार साह, वडा नं. ६ का वडाध्यक्ष सुजित कुमार मण्डल, गृहश्रमिक सृजनशील महिला समाजकी अध्यक्ष शान्ता श्रेष्ठ, उषा रायमाझी कुँवर र उपाध्यक्ष कमला न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता शान्ता श्रेष्ठले गर्नुभएको थियो भने उद्घाटन सत्रमा अतिथिहरूले यस्तो एड्भान्स तालिममार्फत माझी र माल्लिक समुदायको परम्परागत सीपलाई आधुनिक तरिकाले व्यवसायिक बनाई आत्मनिर्भर बनाउने उद्देश्यप्रति प्रशंसा व्यक्त गरेका थिए।

टेवा संस्थाको आर्थिक सहयोग र गृहश्रमिक सृजनशील महिला समाजको आयोजनामा सञ्चालन भएको उक्त तालिमले सहभागीहरूलाई सीप विकास, रोजगारी सिर्जना र आर्थिक सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...