News Portal

  • मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    १७० पटक

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना सार्वजनिक भएको छ । आफ्नै देवरको हातबाट ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या भएको खुलासा भएपछि प्रहरीले देवरलाई नियन्त्रणमा लिएको छ ।

    गणेशबहादुर बस्नेतकी श्रीमती टीकामायालाई हत्या गरेको अभियोगमा उनका ६९ वर्षीय भाइ टंकबहादुर बस्नेतलाई प्रहरीले सोमबार दिउँसो घरबाटै पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार असार २१ गते घाँस काट्न गएकी टीकामायाको शव आफ्नै बारीमा मृत अवस्थामा फेला परेको थियो । परीक्षणका क्रममा उनको टाउकोको पछाडि गहिरो चोट लागेको देखिएको प्रहरीले जनाएको छ ।

    दाजु–भाइबीच लामो समयदेखि पुर्खौली सम्पत्तिको अंश बाडफाँटमा विवाद हुँदै आएको र त्यसैको रिसइबीका कारण टंकले हँसियाको बिँडले प्रहार गरी भाउजुको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    पुर्खौली जग्गा एकलौटी कब्जा गर्ने नियत देखाउँदै अदालतसम्म मुद्दा पुगेको विवाद अन्ततः हत्या जस्तो जघन्य अपराधमा पुगेको प्रहरीले जनाएको छ । पक्राउ परेका टंकबहादुरमाथि कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा चलाइने तयारी भइरहेको छ ।

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...