News Portal

मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

३२९ पटक

मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना सार्वजनिक भएको छ । आफ्नै देवरको हातबाट ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या भएको खुलासा भएपछि प्रहरीले देवरलाई नियन्त्रणमा लिएको छ ।

गणेशबहादुर बस्नेतकी श्रीमती टीकामायालाई हत्या गरेको अभियोगमा उनका ६९ वर्षीय भाइ टंकबहादुर बस्नेतलाई प्रहरीले सोमबार दिउँसो घरबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार असार २१ गते घाँस काट्न गएकी टीकामायाको शव आफ्नै बारीमा मृत अवस्थामा फेला परेको थियो । परीक्षणका क्रममा उनको टाउकोको पछाडि गहिरो चोट लागेको देखिएको प्रहरीले जनाएको छ ।

दाजु–भाइबीच लामो समयदेखि पुर्खौली सम्पत्तिको अंश बाडफाँटमा विवाद हुँदै आएको र त्यसैको रिसइबीका कारण टंकले हँसियाको बिँडले प्रहार गरी भाउजुको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पुर्खौली जग्गा एकलौटी कब्जा गर्ने नियत देखाउँदै अदालतसम्म मुद्दा पुगेको विवाद अन्ततः हत्या जस्तो जघन्य अपराधमा पुगेको प्रहरीले जनाएको छ । पक्राउ परेका टंकबहादुरमाथि कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा चलाइने तयारी भइरहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...