तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

कुवेत, असार २३ — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे अध्यक्षतामा बसेको बैठकबाट सर्वसम्मत पूर्ण निर्णय गरिएको बताएको छ।
अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी २ तारिखको दिन नेपाली राष्ट्रिय अतिथि कलाकारहरू साथै स्थानिय कलाकारहरूको सांगीतिक धमाका कार्यक्रम आयोजना गर्ने जनाएको छ।
सन् २००९ मा स्थापना भएको तनहुँ सेवा समाज कुबेतले नयाँ वर्षको अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रवारको दिन ‘सांगितिक धमाका २०२६’ नेपालका चर्चित राष्ट्रिय कलाकार कुवेत ल्याई तनहुँ ‘सांगितिक धमाका २०२६’गर्ने अध्यक्ष खत्रीले जानकारी दिए।
नेपालदेखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा चाडै नै निर्णय गरेर मिडिया मार्फत जानकारी गराउने अध्यक्षले बताए।















