News Portal

बर्दिबासमा ट्रक र अटो ठोक्किँदा एकको ज्यान, दुई घाइते

१७१ पटक

महोत्तरी, असार २३ — महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित स्मृतिपार्क नजिक आइतबार राति ट्रक र अटो एकआपसमा ठोक्किँदा एक जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार ना६ख २२५१ नम्बरको ट्रकमा प्र.२–०२–००१ ह ०२८३ नम्बरको अटो ठोक्किँदा अटोमा सवार भारत मोतियारी जानपुर–४ निवासी ५५ वर्षीय श्रीपुजन गुप्ताको उपचारका क्रममा जनसेवा अस्पतालमा निधन भएको हो।

दुर्घटनामा अटो चालक र अर्को एक जना समेत घाइते भएका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाका कारण र थप विवरणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...