News Portal

देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प, बिरामीहरू उपचारविना फर्कन बाध्य

२१७ पटक

काठमाडौं, असार २३ – उपभोक्ता अदालतको पछिल्लो आदेशविरुद्ध नेपाल चिकित्सक संघको अगुवाइमा सुरु भएको आन्दोलनका कारण सोमबारदेखि देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सबै सेवा ठप्प भएका छन्। आन्दोलनका कारण अस्पताल जाने बिरामीहरू उपचार नपाई खाली हात फर्कन बाध्य भएका छन्।

नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको निर्णयले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो। अदालतले चिकित्सकीय लापरबाहीसम्बन्धी मुद्दामा अस्पताल र चिकित्सकहरूलाई क्षतिपूर्ति दिन आदेश दिएकोमा संघले तीव्र असन्तोष जनाएको छ।

संघका महासचिवमाथि अदालतले अवहेलना मुद्दा दायर गरेपछि चिकित्सकहरू थप आक्रोशित बनेका छन्। आन्दोलनअन्तर्गत मंगलबारदेखि चिकित्सकहरूले आफ्नो प्रमाणपत्र नै नेपाल मेडिकल काउन्सिलमा बुझाउने भएका छन्।

आन्दोलनका कारण वीर अस्पतालसहित सबै सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवा बाहेक अन्य सबै सेवा ठप्प भएको उपसचिव सिताराम खड्काले जानकारी दिए। आकस्मिकबाहेकका सेवा ठप्प हुँदा बिरामीहरू ठूलो समस्यामा परेका छन्।

नेपाल चिकित्सक संघको आन्दोलनलाई एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल डेन्टल एसोसिएसन, नर्सिङ एसोसिएसन, फिजियोथेरापी एसोसिएसन र भेटेरिनरी एसोसिएसनलगायतका संगठनहरूले समर्थन जनाएका छन्।

स्वास्थ्य सेवा बन्द हुँदा उपचारको लागि राजधानीदेखि गाउँसम्मका सर्वसाधारणलाई सास्ती भएको छ। आन्दोलन नतिजा नआएसम्म आकस्मिकबाहेकका सेवा सञ्चालनमा नआउने संघले स्पष्ट पारेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...