News Portal

देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प, बिरामीहरू उपचारविना फर्कन बाध्य

१९२ पटक

काठमाडौं, असार २३ – उपभोक्ता अदालतको पछिल्लो आदेशविरुद्ध नेपाल चिकित्सक संघको अगुवाइमा सुरु भएको आन्दोलनका कारण सोमबारदेखि देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सबै सेवा ठप्प भएका छन्। आन्दोलनका कारण अस्पताल जाने बिरामीहरू उपचार नपाई खाली हात फर्कन बाध्य भएका छन्।

नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको निर्णयले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो। अदालतले चिकित्सकीय लापरबाहीसम्बन्धी मुद्दामा अस्पताल र चिकित्सकहरूलाई क्षतिपूर्ति दिन आदेश दिएकोमा संघले तीव्र असन्तोष जनाएको छ।

संघका महासचिवमाथि अदालतले अवहेलना मुद्दा दायर गरेपछि चिकित्सकहरू थप आक्रोशित बनेका छन्। आन्दोलनअन्तर्गत मंगलबारदेखि चिकित्सकहरूले आफ्नो प्रमाणपत्र नै नेपाल मेडिकल काउन्सिलमा बुझाउने भएका छन्।

आन्दोलनका कारण वीर अस्पतालसहित सबै सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवा बाहेक अन्य सबै सेवा ठप्प भएको उपसचिव सिताराम खड्काले जानकारी दिए। आकस्मिकबाहेकका सेवा ठप्प हुँदा बिरामीहरू ठूलो समस्यामा परेका छन्।

नेपाल चिकित्सक संघको आन्दोलनलाई एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल डेन्टल एसोसिएसन, नर्सिङ एसोसिएसन, फिजियोथेरापी एसोसिएसन र भेटेरिनरी एसोसिएसनलगायतका संगठनहरूले समर्थन जनाएका छन्।

स्वास्थ्य सेवा बन्द हुँदा उपचारको लागि राजधानीदेखि गाउँसम्मका सर्वसाधारणलाई सास्ती भएको छ। आन्दोलन नतिजा नआएसम्म आकस्मिकबाहेकका सेवा सञ्चालनमा नआउने संघले स्पष्ट पारेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...