News Portal

भोजपुर सामूहिक हत्या प्रकरणका शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो, पीडित परिवारलाई आर्थिक सहयोग

१८० पटक

भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि धरान पठाइएको छ।

घटनास्थलबाट आइतबार जिल्ला अस्पताल भोजपुर ल्याइएका शवलाई आवश्यक उपकरण अभावका कारण सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको हो।

गत शनिबार राति भोजपुर नगरपालिका–२ का ३० वर्षीय राजेन्द्र राईले आफ्नी १६ वर्षीया श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरीको हत्या गरेका थिए। अभियुक्त स्वयं पनि घाइते अवस्थामा रहेकाले अहिले धरानमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

पीडित परिवार आर्थिक रूपमा कमजोर रहेकाले शव परीक्षण र अन्य खर्चका लागि गाउँपालिकाको सचिवालयमार्फत संकलन गरिएको एक लाख १४ हजार ८७१ रुपैयाँ मृतकका आफन्तलाई हस्तान्तरण गरिएको छ। गाउँपालिका अध्यक्ष थामबहादुर राईले उक्त रकम सोमबार आफन्तलाई बुझाउँदै पीडित परिवारको पीडामा साथ रहेको बताए।

अध्यक्ष राईका अनुसार गाउँ कार्यपालिकाको बैठक बसेर पालिकाको तर्फबाट थप सहयोग गर्ने तयारीसमेत भइरहेको छ। उनले भने, “मृतक परिवारको अवस्था अत्यन्तै कमजोर छ, सचिवालयबाट संकलन भएको रकम हस्तान्तरण गरेका छौं र पालिकाबाट पनि सहयोग गर्नेछौं।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...