News Portal

भोजपुर सामूहिक हत्या प्रकरणका शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो, पीडित परिवारलाई आर्थिक सहयोग

२४५ पटक

भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि धरान पठाइएको छ।

घटनास्थलबाट आइतबार जिल्ला अस्पताल भोजपुर ल्याइएका शवलाई आवश्यक उपकरण अभावका कारण सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको हो।

गत शनिबार राति भोजपुर नगरपालिका–२ का ३० वर्षीय राजेन्द्र राईले आफ्नी १६ वर्षीया श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरीको हत्या गरेका थिए। अभियुक्त स्वयं पनि घाइते अवस्थामा रहेकाले अहिले धरानमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

पीडित परिवार आर्थिक रूपमा कमजोर रहेकाले शव परीक्षण र अन्य खर्चका लागि गाउँपालिकाको सचिवालयमार्फत संकलन गरिएको एक लाख १४ हजार ८७१ रुपैयाँ मृतकका आफन्तलाई हस्तान्तरण गरिएको छ। गाउँपालिका अध्यक्ष थामबहादुर राईले उक्त रकम सोमबार आफन्तलाई बुझाउँदै पीडित परिवारको पीडामा साथ रहेको बताए।

अध्यक्ष राईका अनुसार गाउँ कार्यपालिकाको बैठक बसेर पालिकाको तर्फबाट थप सहयोग गर्ने तयारीसमेत भइरहेको छ। उनले भने, “मृतक परिवारको अवस्था अत्यन्तै कमजोर छ, सचिवालयबाट संकलन भएको रकम हस्तान्तरण गरेका छौं र पालिकाबाट पनि सहयोग गर्नेछौं।”

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...