News Portal

देशका विभिन्न प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

३३५ पटक

काठमाडौं, असार २२  — देशभर सक्रिय मनसुनी प्रभावका कारण आज पनि देशका धेरै भागमा पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको पछिल्लो जानकारी अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा आज भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले बिहानै जारी गरेको बुलेटिनमा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम खालको वर्षा हुने सम्भावना औंल्याइएको छ। अन्य प्रदेशका थोरै स्थानमा पनि वर्षा पर्ने देखिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको पनि सम्भावना छ।

आज राति पनि मौसममा सुधार आउने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ। रातको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा मध्यम वर्षा हुने देखिएको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा भारीदेखि अत्यधिक भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा पनि भारी वर्षा हुनसक्ने उल्लेख गरिएको छ।

महाशाखाले भोलि सोमबार समेत कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई ठाउँमा भारी वर्षा हुन सक्ने भएकाले पहिरो, बाढी र डुबानको जोखिम रहेको भन्दै स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...