News Portal

धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

२८१ पटक

धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको खुलासा भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४९ वर्षीय खगेन्द्र राईलाई पक्राउ गरेको छ । मेयर हर्क साम्पाङको नेतृत्वमा बहुभाषिक पाठशाला निर्माणका लागि भइरहेको श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएको हो ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले दिएको जानकारीअनुसार किटानी जाहेरीपछि राईलाई धरान–१७ पृथ्वीचोकबाट पक्राउ गरिएको हो । आरोपित राई श्रमदानमा सहभागी श्रमिकहरूको लागि खाना पकाउने जिम्मेवारीमा थिए । पीडित बालिका आफ्नी आमासँग श्रमदानमा पुगेकी थिइन् । सो क्रममा राईले बालिकालाई फकाएर खोल्सातिर लगेर हातपात गर्न खोजेको बताइएको छ । घटना हुँदा मेयर साम्पाङ भने उपस्थित थिएनन् ।

यस घटनालाई दबाउन खोजिएको भन्दै पीडित परिवारले कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध पनि जाहेरी दिएका छन् । उनीहरूले आरोपितलाई उन्मुक्ति दिन खोजेको परिवारको आरोप छ । पीडितकी आमाले घटनाको दिन नै आरोपितलाई समातेर कुटपिट गरेकी थिइन् । तर, श्रेष्ठले ‘छोरी मान्छे, बदनाम हुन्छ, पछि बिहेमा समस्या पर्छ’ भन्दै प्रहरी बोलाउन नदिएको परिवारको भनाइ छ ।

धरानमा अहिले पाठशाला र प्रहरी चौकी भवन निर्माणमा समेत विवाद बढेको छ । मेयर साम्पाङले प्रदेश सरकारसँग पत्राचार गरी प्रहरी चौकी भवन रोक्न लगाएका थिए । यसै विषयमा विवाद चुलिँदै जाँदा पुरानो भनिएको दुर्व्यवहारको विषय पनि उजागर भएको स्थानीय बताउँछन् ।

मेयर साम्पाङले घटनालाई श्रमदान अभियानसँग जोडेर बदनाम गराउने प्रयास भएको आरोप लगाउँदै आएका छन् । उनले दोषी भेटिए कडा कानुनी कारबाहीको माग गरे पनि आरोप प्रमाणित नभएमा आरोप लगाउने पक्षले माफी माग्नुपर्ने चेतावनी दिएका छन् । उनले यसबारे सार्वजनिक फेसबुक स्टाटस लेखेका थिए, जुन विवादित भएपछि हटाइएको छ । अहिले साम्पाङले नयाँ भिडियोमार्फत आफ्नो धारणा प्रष्ट पारेका छन् ।

धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईका अनुसार मेयरले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर कारबाहीको चेतावनी दिनु उचित होइन । घटनाका सबै पक्ष छानबिन हुनुपर्ने र दोषी उम्किन नहुने स्थानीयको माग छ ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...