News Portal

धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

१९२ पटक

धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको खुलासा भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४९ वर्षीय खगेन्द्र राईलाई पक्राउ गरेको छ । मेयर हर्क साम्पाङको नेतृत्वमा बहुभाषिक पाठशाला निर्माणका लागि भइरहेको श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएको हो ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले दिएको जानकारीअनुसार किटानी जाहेरीपछि राईलाई धरान–१७ पृथ्वीचोकबाट पक्राउ गरिएको हो । आरोपित राई श्रमदानमा सहभागी श्रमिकहरूको लागि खाना पकाउने जिम्मेवारीमा थिए । पीडित बालिका आफ्नी आमासँग श्रमदानमा पुगेकी थिइन् । सो क्रममा राईले बालिकालाई फकाएर खोल्सातिर लगेर हातपात गर्न खोजेको बताइएको छ । घटना हुँदा मेयर साम्पाङ भने उपस्थित थिएनन् ।

यस घटनालाई दबाउन खोजिएको भन्दै पीडित परिवारले कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध पनि जाहेरी दिएका छन् । उनीहरूले आरोपितलाई उन्मुक्ति दिन खोजेको परिवारको आरोप छ । पीडितकी आमाले घटनाको दिन नै आरोपितलाई समातेर कुटपिट गरेकी थिइन् । तर, श्रेष्ठले ‘छोरी मान्छे, बदनाम हुन्छ, पछि बिहेमा समस्या पर्छ’ भन्दै प्रहरी बोलाउन नदिएको परिवारको भनाइ छ ।

धरानमा अहिले पाठशाला र प्रहरी चौकी भवन निर्माणमा समेत विवाद बढेको छ । मेयर साम्पाङले प्रदेश सरकारसँग पत्राचार गरी प्रहरी चौकी भवन रोक्न लगाएका थिए । यसै विषयमा विवाद चुलिँदै जाँदा पुरानो भनिएको दुर्व्यवहारको विषय पनि उजागर भएको स्थानीय बताउँछन् ।

मेयर साम्पाङले घटनालाई श्रमदान अभियानसँग जोडेर बदनाम गराउने प्रयास भएको आरोप लगाउँदै आएका छन् । उनले दोषी भेटिए कडा कानुनी कारबाहीको माग गरे पनि आरोप प्रमाणित नभएमा आरोप लगाउने पक्षले माफी माग्नुपर्ने चेतावनी दिएका छन् । उनले यसबारे सार्वजनिक फेसबुक स्टाटस लेखेका थिए, जुन विवादित भएपछि हटाइएको छ । अहिले साम्पाङले नयाँ भिडियोमार्फत आफ्नो धारणा प्रष्ट पारेका छन् ।

धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईका अनुसार मेयरले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर कारबाहीको चेतावनी दिनु उचित होइन । घटनाका सबै पक्ष छानबिन हुनुपर्ने र दोषी उम्किन नहुने स्थानीयको माग छ ।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...