News Portal

गायिका एलिना चौहानमाथि अश्लील टिप्पणी गर्ने पक्राउ

२५४ पटक

काठमाडौं, असार १९ –  लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गरी गालीगलौज गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई हाल ललितपुरको बाडेगाउँ बस्दै आएका ३३ वर्षीय गुन्जन राईलाई पक्राउ गरेको ब्युरोका डिआइजी नविन्द अर्यालले जानकारी दिएका छन्।

पक्राउ परेका राईलाई हालसम्म अदालतबाट म्याद थप गरिएको छैन। उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने ब्युरोले जनाएको छ। यसबारे ब्युरोले छिट्टै औपचारिक विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको बताइएको छ।

गायिका चौहानले पछिल्लो सोमबार सामाजिक सञ्जालमा चरित्रहत्या र अमर्यादित कमेन्ट गर्ने चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। उजुरी दिइएका मध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको हो। ‘सहन सक्ने अवस्था रहेन, त्यसैले चारजनाविरुद्ध उजुरी गर्नुपर्‍यो,’ चौहानको भनाइ छ।

गायिका चौहान र अर्की गायिका समीक्षा अधिकारीले पछिल्ला दिनमा सामाजिक सञ्जालमा अश्लील र अपमानजनक कमेन्ट गर्ने व्यक्तिहरूको फेसबुक प्रोफाइल नै सार्वजनिक गर्दै आएका छन्। उनीहरूको यो अभियानपछि अश्लील कमेन्ट गर्नेहरूको संख्यामा केही कमी आएको चौहानको दाबी छ।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...