News Portal

गायिका एलिना चौहानमाथि अश्लील टिप्पणी गर्ने पक्राउ

१७८ पटक

काठमाडौं, असार १९ –  लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गरी गालीगलौज गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई हाल ललितपुरको बाडेगाउँ बस्दै आएका ३३ वर्षीय गुन्जन राईलाई पक्राउ गरेको ब्युरोका डिआइजी नविन्द अर्यालले जानकारी दिएका छन्।

पक्राउ परेका राईलाई हालसम्म अदालतबाट म्याद थप गरिएको छैन। उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने ब्युरोले जनाएको छ। यसबारे ब्युरोले छिट्टै औपचारिक विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको बताइएको छ।

गायिका चौहानले पछिल्लो सोमबार सामाजिक सञ्जालमा चरित्रहत्या र अमर्यादित कमेन्ट गर्ने चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। उजुरी दिइएका मध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको हो। ‘सहन सक्ने अवस्था रहेन, त्यसैले चारजनाविरुद्ध उजुरी गर्नुपर्‍यो,’ चौहानको भनाइ छ।

गायिका चौहान र अर्की गायिका समीक्षा अधिकारीले पछिल्ला दिनमा सामाजिक सञ्जालमा अश्लील र अपमानजनक कमेन्ट गर्ने व्यक्तिहरूको फेसबुक प्रोफाइल नै सार्वजनिक गर्दै आएका छन्। उनीहरूको यो अभियानपछि अश्लील कमेन्ट गर्नेहरूको संख्यामा केही कमी आएको चौहानको दाबी छ।

 

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...