News Portal

ताप्लेजुङमा पहिरोले कटुवाल परिवारको घर पुरिँदा चार जना घाइते

२८२ पटक

ताप्लेजुङ, असार १८ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा मंगलबार राति आएको भीषण पहिरोले एकै परिवारका चार जना घाइते भएका छन्। स्थानीय हस्तबहादुर कटुवालको घरमाथिको कुलो थुनिँदा अचानक आएको पहिरोले घर पुरिएपछि कटुवालसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना कटुवाल घाइते भएको सिदिङ्वाका मौसम सेलिङले जानकारी दिनुभयो।

घर पुरिँदा रातिको समयमा नै छिमेकीहरूले तत्काल उद्धार गरेर घाइतेलाई बाहिर निकालेका थिए। प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई थप उपचारका लागि पाँचथर पठाउने तयारी भइरहेको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...