News Portal

तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

१९९ पटक

बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान खोज्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदह नाकाबाट असार १५ गते दिउँसो साढे ३ बजे तिर तीन बालिकालाई शंकास्पद अवस्थामा भारततर्फ लैजाँदै गरेको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार पक्राउ परेकामा गैंडहवा गाउँपालिका–६ की १९ वर्षीया निर्मला लोध, भारत उत्तर प्रदेश गोरखपुर कैम्पियरगञ्ज कुवर बलुवा बस्ने ३८ वर्षीया गीता गौड, १९ वर्षीया नेहा पाण्डे र २६ वर्षीय प्रमोदकुमार धोबी रहेका छन्।

पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसारको आरोपमा सोमबार जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

उद्धार गरिएका तीन बालिका १५ देखि १६ वर्ष उमेर समूहका हुन्। उनीहरूलाई अहिले मानव बेचबिखनविरुद्ध काम गर्दै आएको शुभ अवसर ग्राम नेपालको जिम्मामा राखिएको छ भने अभिभावकको खोजी गरी चाँडै जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले बताएको छ।

प्रहरी अनुसन्धानका क्रममा बालिकाहरूले आफूमाथि राम्रा लुगा किनिदिने, नयाँ मोबाइल दिलाइदिने, बजार घुमाइदिने जस्ता प्रलोभन देखाएर भारत लैजान खोजिएको बताएका छन्। उनीहरूले पहिल्यैदेखि निर्मला लोध र गीता गौडसँग सम्पर्कमा रहेको र उनीहरूको छलकपटमा परी परिवारलाई जानकारी नदिई भारत जान तयार भएको बयान दिएका छन्।

कालिदह नाकामा एक जना पुरुष र तीन जना महिलाको साथमा बालिका देखेपछि प्रहरीले शंका गरी सोधपुछ गर्दा बालिकाहरूको वास्तविकता खुलेको हो। प्रहरीका अनुसार मानव बेचबिखनजस्ता अपराध नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा निगरानी अझ कडा बनाइएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...