News Portal

मकवानपुरमा कोइला लोड भएको ट्रक पल्टिँदा चालकको ज्यान गयो, सहचालक अस्पतालमा उपचाररत

१७० पटक

मकवानपुर, असार १७ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे नजिकै मंगलबार बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगतर्फ कोइला ल्याइरहेको युपी ६१ एटी ०९६२ नम्बरको ट्रक चार्जिङ प्वाइन्ट आसपास दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो। दुर्घटनामा परी गाजीपुर, भारतका ४५ वर्षीय ट्रक चालक महेन्द्र यादवको ज्यान गएको हो।

चालक यादव ट्रकभित्र च्यापिएर अचेत अवस्थामा फेला परेका थिए। उनलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएका सहचालक २६ वर्षीय मनोज यादवको हेटौंडा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...