News Portal

प्रमिलाको निशुल्क रुपमा उपचार गराइयो

२३७ पटक

मोरङ, असार १५ – कानेपोखरी–२ दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे ऋषिदेवकी २ वर्षीया छोरी प्रमिला ऋषिदेव विगत दुई महिनादेखि पेट फुल्ने रोगबाट पीडित थिइन्। प्रमिलाको अवस्थाबारे रंगेली अपडेट, हाम्रो प्यारो देश नेपाल, हिमाली सञ्चार, एभिन्युज टेलिभिजन, सप्तकोसी टेलिभिजन तथा विभिन्न अनलाइन र टेलिभिजन माध्यमहरूले समाचार प्रसारण गरेका थिए।

एभिन्युज टेलिभिजन तथा सप्तकोसी टेलिभिजनका मोरङ प्रतिनिधि रविन्द्र बरालले बालिकाको अवस्था रंगेली अस्पतालका मेसु बसन्त कुमार साह र व्यवस्थापन समितिका पदाधिकारीहरूलाई जानकारी गराएपछि अस्पताल प्रशासनले पहल गरेको हो।

अस्पताल प्रशासनले प्रमिलाको पहिलो चरणमा पेटको एक्स–रे, भिडियो एक्स–रे तथा रगतको सम्पूर्ण परीक्षण निशुल्क गराएको छ। डाक्टर हरेराम माझीका अनुसार सबै रिपोर्टहरू सामान्य देखिएका छन् र औषधोपचारबाटै सुधार हुने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...