News Portal

सुनचाँदी व्यवसायीको आन्दोलनले राजधानीका बजार ठप्प, विलासिता कर फिर्ता नहुन्जेल बन्द नै राख्ने चेतावनी

२१० पटक

काठमाडौं, असार १५ – राजधानीसहित उपत्यकाका प्रमुख सुनचाँदी बजार व्यवसायीहरूको आन्दोलनका कारण आइतबार पनि पूर्ण रूपमा बन्द रहेका छन्। न्यूरोडलगायतका मुख्य गहना बजारहरू सुनसान हुँदा गरगहना किनबेच ठप्प बनेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले बजेटमार्फत सुनका गहनामा थप गरेको २ प्रतिशत विलासिता कर तत्काल फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलन चर्काएको छ। महासंघका अध्यक्ष अर्जुन रसायलीका अनुसार व्यवसायीका माग सम्बोधन नभएसम्म सुनचाँदीको कारोबार सञ्चालन नहुने चेतावनी दिइएको छ।

महासंघले नयाँ दर तोक्ने काम समेत केही समयका लागि रोक्दै दबाब सिर्जना गरिरहेको छ। यद्यपि अध्यक्ष रसायलीका अनुसार नयाँ दर चाँडै सार्वजनिक गरिने तर आन्दोलन भने माग पुरा नभएसम्म कायमै रहनेछ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुनका सबै प्रकारका गहनामा २ प्रतिशत विलासिता कर थपेपछि व्यवसायीहरू आन्दोलित भएका हुन्। यसअघि १० लाख रुपैयाँभन्दा बढी मूल्यका गहना एकैपटक किन्दा मात्र यस्तो कर लाग्थ्यो, जसले ग्राहकहरूलाई सानो सानो रकममा गहना किन्ने सुविधा दिएको थियो।

नयाँ व्यवस्थाले कुनै पनि मूल्यका गरगहनामा सीधा २ प्रतिशत कर थपिने भएकाले गहना झन्डै ६ प्रतिशतसम्म महँगो पर्ने व्यवसायीहरूको दाबी छ। उनीहरूले यो व्यवस्थाले भारततिर सुन सस्तो हुने हुँदा तस्करी अझ मौलाउने खतरा रहेको चेतावनीसमेत दिएका छन्।

सरकारले बजेट संशोधनका क्रममा माग सम्बोधन गर्ने संकेत देखाए पनि व्यवहारमा कुनै सुनुवाइ नभएको भन्दै व्यवसायीहरू आक्रोशित बनेका छन्। उनीहरूले माग पुरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाइने बताएका छन्।

प्रतिकृया दिनुहोस्

खाडी क्षेत्रमा युद्धको छायाँ, कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटना

इरान र इजरायलबीचको चर्किंदो सैन्य तनावले खाडी क्षेत्रको सुरक्षा अवस्था थप अस्थिर बन्दै गएको छ।...

कवेतमा उच्च सतर्कता, जनजीवन सामान्य

कुवेत – पछिल्ला दिनहरूमा इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीच चर्किएको सैन्य तनावले सम्पूर्ण...

मध्यपूर्वमा तनाव चर्किने संकेत, कुवेतमा मिसाइल र ड्रोन आक्रमण विफल

कुवेत — मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतमा इरानद्वारा गरिएको मिसाइल तथा ड्रोन आक्रमणलाई यहाँका...

भोलि राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिने

काठमाडौं, फागुन १८ – मंगलबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण अवलोकन गर्न सकिने भएको छ। नेपाल...

रौतहटमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

रौतहट, फागुन १८ — रौतहटको राजपुर नगरपालिका–५ स्थित मुख्य सडकमा सोमबार बिहान फेला परेको शंकास्पद...