News Portal

धनपालथानमा ५ वर्षीया बालिकाको हत्या

३६९ पटक

मोरङ, असार १४ – मोरङको धनपालथान गाउँपालिका–६ मा एक नाबालिकाको हत्या भएको छ। शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाका अक्षय सरदारकी पाँच वर्षीया आक्तिया सरदारको शव फेला परेको हो।

प्रहरीका अनुसार बालिकाको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ। अनुसन्धानका लागि शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ तर नियन्त्रणमा लिइएका व्यक्तिको पहिचान खुलाइएको छैन।

बालिकाको शव पोष्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर लगिएको छ। प्रहरीका अनुसार बालिकाको अनुहार, घाँटी लगायत शरीरका विभिन्न भागमा चोट देखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...