News Portal

धनपालथानमा ५ वर्षीया बालिकाको हत्या

५६२ पटक

मोरङ, असार १४ – मोरङको धनपालथान गाउँपालिका–६ मा एक नाबालिकाको हत्या भएको छ। शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाका अक्षय सरदारकी पाँच वर्षीया आक्तिया सरदारको शव फेला परेको हो।

प्रहरीका अनुसार बालिकाको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ। अनुसन्धानका लागि शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ तर नियन्त्रणमा लिइएका व्यक्तिको पहिचान खुलाइएको छैन।

बालिकाको शव पोष्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर लगिएको छ। प्रहरीका अनुसार बालिकाको अनुहार, घाँटी लगायत शरीरका विभिन्न भागमा चोट देखिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...