News Portal

सिन्धुपाल्चोकमा बालिकाको सामूहिक बलात्कार पछि हत्या, पाँच जना युवक पक्राउ

५१२ पटक

काठमाडौं, असार १३ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गतको छ्याङ्दी जङ्गल क्षेत्रमा असार ११ गते एक ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेपछि उक्त घटनाले गम्भीर मोड लिएको छ। अनुहारमा गम्भीर चोट रहेका कारण प्रारम्भिक अवस्थामै घटनालाई शंकास्पद मान्दै प्रहरीले अनुसन्धान अघि बढाएको हो।

घटनापछि तत्काल इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट टोली परिचालन गरिएको थियो भने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीको नेतृत्वमा थप अनुसन्धान टोली घटनास्थल पुगेको थियो। काठमाडौंबाट तालिमप्राप्त कुकुर समेत झिकाएर सुराकी सङ्कलन गर्ने काम गरिएको प्रहरीले जनाएको छ।

पोस्टमार्टमका लागि बालिकाको शव काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको छ। घटनाको प्रकृति र प्रारम्भिक प्रमाणहरूका आधारमा यसलाई गम्भीर आपराधिक घटनाको रूपमा लिएर अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार प्रारम्भमा तीन जनालाई पक्राउ गरिएको थियो। उनीहरूबाट प्राप्त बयान र थप अनुसन्धानपछि अन्य दुई जनाको संलग्नता समेत पुष्टि भएको हो। हालसम्म २० देखि ३२ वर्ष उमेर समूहका पाँच जना स्थानीय युवकहरूलाई नियन्त्रणमा लिइएको छ, जसमा पीडित बालिकाका आफन्त समेत एक जना रहेको बताइएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा घटनालाई योजनाबद्ध रूपमा सम्पन गरिएको हुनसक्ने संकेत दिएको छ। पक्राउ परेकाहरूले घटनाअघि स्वास्थ्य संस्थाबाट केही सामग्री संकलन गरेको र पीडित बालिकासँग परिचय रहेको तथ्य समेत खुलेको छ।

प्रहरीले घटनास्थल तथा संलग्न व्यक्तिहरूका घरबाट केही प्रमाणहरू समेत सङ्कलन गरेको छ। हाल आरोपीहरूलाई जबरजस्ती करणी र ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत सिन्धुपाल्चोकबाट सात दिनको म्याद प्राप्त गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...