News Portal

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोर्ड बैठकपछि मिति तय हुने

४०९ पटक

काठमाडौं, असार १३ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब छिट्टै सार्वजनिक हुने तयारीमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार, नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने आज बस्ने बोर्ड बैठकले नतिजा कहिले सार्वजनिक गर्ने भन्नेबारे अन्तिम निर्णय लिनेछ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, “हामी अन्तिम तयारीको अवस्थामा छौं। कतिपय माध्यमहरूमा आज साँझ ५ बजे नतिजा आउने भनेर चर्चा चलेपनि त्यो आधिकारिक होइन। बैठक बसेपछि मात्रै नतिजा सार्वजनिक गर्ने समय तय हुनेछ।”

यसपटक शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको थियो। तर सरकारले आन्दोलनरत शिक्षकहरूको मागमा सकारात्मक प्रतिवद्धता जनाएपछि मूल्याङ्कन प्रक्रिया अघि बढेको हो। आन्दोलनको असरका बीच पनि बोर्डले जिम्मेवारीपूर्वक काम अघि बढाएको छ।

यस वर्षको एसईईमा कुल ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा ४९ हजार २८६ जना बढी हो। गतवर्ष ४ लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी भएका थिए।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...