News Portal

चितवनमा पारिवारिक कलहपछि भिरबाट हामफाल्दा श्रीमतीको ज्यान गयो, श्रीमान् गम्भीर घाइते

४४० पटक

चितवन, असार ११ — चितवनको राप्ती नगरपालिका–४ मा घरेलु झगडापछि एक दम्पतीले भिरबाट हाम फालेका छन्। घटनामा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार, मङ्गलबार बिहान ४२ वर्षीया कुमारी प्रजा नामक महिलाले आफ्नै घरनजिकको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्। प्रारम्भिक अनुसन्धानले देखाएअनुसार, कुमारी र उनका श्रीमान् लीलाबहादुर प्रजाबीच घरायसी विवाद चर्किएपछि उक्त दर्दनाक कदम चालेको बुझिएको छ।

कुमारीको घटनास्थलमै मृत्यु भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। उनकी श्रीमान् लीलाबहादुर पनि त्यसपछि भिरबाट फालेका थिए। उनी गम्भीर घाइते अवस्थामा भेटिएपछि तुरुन्तै उद्धार गरी भरतपुर अस्पतालमा भर्ना गरिएको छ। हाल उनको उपचार जारी रहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले पारिवारिक समस्याले निम्त्याएको मानसिक तनावले यस्तो त्रासदी निम्त्याएको हुन सक्ने अनुमान समेत व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...