News Portal

मिनिल्याण्ड बोर्डिङ स्कुलमा एनसीसी तालिम सुरु

४२७ पटक

मोरङ, असार ११ – रंगेली नगरपालिका–७ स्थित मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुलमा पहिलोपटक राष्ट्रिय क्याडेट कोर (एनसीसी) को तालिम सुरु गरिएको छ। राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयद्वारा सञ्चालित एनसीसी जुनियर डिभिजन तालिमको पहिलो चरणको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको हो।

बिगत वर्ष विद्यालयले एनसीसी तालिमका लागि आवेदन दिए पनि छनोट प्रक्रियामा समस्या आउँदा तालिम सञ्चालन हुन सकेको थिएन। यस वर्ष भने विद्यालय छनोटमा परेपछि तालिम सुरु गरिएको हो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगरप्रमुख दिलीपकुमार अग्रवाल, विशिष्ट अतिथिका रूपमा शिवदल गण थलाहाका गणपति प्रमुख सेनानी अरुण कार्की, सेनानी हेमकुमार शिवाकोटी तथा विद्यालयका प्रिन्सिपल विकर्ण कार्की, अभिभावक तथा अन्य पाहुनाहरूको उपस्थिति रहेको थियो।

तालिममा १५ जना छात्र र १५ जना छात्राहरू सहभागी छन्। सेनानीहरूले सहभागी विद्यार्थीहरूलाई एनसीसी तालिमको उद्देश्य, महत्व, नियम तथा राष्ट्रसेवाको भावनाबारे जानकारी गराउनुका साथै तालिमअन्तर्गत गरिने गतिविधिबारे पनि विस्तृत रूपमा जानकारी दिएका थिए।

प्रिन्सिपल विकर्ण कार्कीका अनुसार तालिमको अवधि ३ महिना रहनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...