News Portal

दर्वेशामा दुर्घटना हुँदा केदारको मृत्यु, राजन घाइते

२५९ पटक

मोरङ, असार १० – रङ्गेली–कानेपोखरी सडकखण्ड अन्तर्गत दर्वेशा चोक नजिकै ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक रङ्गेली नगरपालिका–१ बबिया बस्ने ३२ वर्षीय केदार न्यौपानेको मृत्यु भएको छ।

प्रदेश १-०२-००३-२८५६ नम्बरको ट्याक्टर खेत जोतेर फर्किने क्रममा कानेपोखरीबाट रङ्गेली आउँदै गर्दा को ३९ प ३९३२ नम्बरको मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार रङ्गेली–१ का राजन भट्टराई घाइते भएका छन्। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।

ट्याक्टर चालक रङ्गेली–८ बस्ने जीवन ताजपुरिया फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...