News Portal

धनगढीमा कोठाभित्र मृत फेला परेकी युवतीको हत्या आशंका, अनुसन्धानमा प्रहरी

२७३ पटक

धनगढी, असार ९ – धनगढी उपमहानगरपालिका–२, बैयाबेडीस्थित एउटा कोठामा एक युवती रहस्यमय अवस्थामा मृत फेला परेकी छन्। घटनाबारे अनुसन्धान अघि बढ्दै जाँदा उनको हत्या भएको आशंका गरिएको छ।

सोमबार बिहान ३० वर्षीया रेणु चौधरी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्। विशेष कुरा त के छ भने उनको कोठा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा भेटिएको थियो। शवको प्रकृति हेर्दा हत्या भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए।

मृतक चौधरी कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीकी हुन्। धनगढीमा अवस्थित एक खानेपानी संस्थामा कार्यालय सहयोगीको रूपमा कार्यरत उनी चार दिनदेखि सम्पर्कविहीन थिइन्।

घटनास्थलमा पुगेका प्रहरीका अनुसार मृतकको घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ भने कन्चटमा समेत चोट लागेको छ। घरबेटीले गन्ध आउन थालेपछि शंका गरी झ्यालबाट हेरेकी थिइन्। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।

हाल घटनाबारे गहिरो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवलाई परीक्षणका लागि अस्पताल पठाइएको छ। घटनाको पछाडिको सत्यतथ्य चाँडै सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...