News Portal

एसईई नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी, कार्यतालिका प्रभावित

२५२ पटक

काठमाडौँ, असार ९ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। उत्तरपुस्तिका परीक्षणमा भएको ढिलाइका कारण पूर्व निर्धारित मितिमा नतिजा प्रकाशन गर्न नसकिएको बोर्डले जनाएको छ।

यसअघि बोर्डले नतिजा असार ६ गतेभित्र सार्वजनिक गर्ने योजना बनाएको थियो। तर गत चैत महिनामा शिक्षकहरूले काठमाडौँमा गरेको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ३२ दिन ढिलाइ भएको परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जानकारी दिए। आन्दोलनले गर्दा गत वर्ष चैत २० गतेदेखि वैशाख १७ गतेसम्म उत्तरपुस्तिका परीक्षण नै अवरुद्ध भएको थियो।

हाल परीक्षण र सम्परीक्षणको काम पूरा भइसकेको र अहिले अंक इन्ट्री र प्रोसेसिङको काम तीव्र गतिमा अघि बढिरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। डा. भट्टराईका अनुसार इन्ट्री र प्रोसेसिङ सक्न अझै करिब ३५ दिन लाग्ने देखिएको छ। यद्यपि, ढिलाइ कम गर्न बोर्डले डबल सिफ्टमा काम गरिरहेको छ र असारको तेस्रो वा चौथो साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

‘शिक्षक आन्दोलनले ३२ दिन ढिलाइ गराएको हो। हामीले सक्दो छिटो काम गरेर १० देखि १६ दिनभित्र नतिजा निकाल्ने प्रयास गरिरहेका छौँ,’ भट्टराईले भने।

२०७८ सालको चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए। नतिजा ढिलो हुँदा कक्षा ११ को भर्ना प्रक्रिया समेत प्रभावित हुने देखिएको छ।

बोर्डको वार्षिक कार्यतालिकाअनुसार नतिजा असार ६ गतेभित्र सार्वजनिक गर्ने, असार २२ गतेसम्म पुनर्योगका लागि आवेदन लिने र साउन १२ गतेभित्र पुनर्योगको नतिजा प्रकाशन गर्ने लक्ष्य थियो। त्यसैगरी, साउन १९ र २० गते पूरक परीक्षा सञ्चालन गरी भदौ २० गतेभित्र त्यसको नतिजा प्रकाशित गर्ने कार्यतालिका तय गरिएको थियो।

तर, नतिजा प्रकाशनमा भएको ढिलाइका कारण अन्य सम्पूर्ण तालिकाहरू पनि पछि सर्ने देखिएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...