News Portal

जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी

२८३ पटक

काठमाडौं, असार ८ – बैंकिङ कसुरको आरोपमा जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। पर्सा जिल्ला अदालतले प्रहरीको अनुरोधमा असार १६ गते पक्राउ पुर्जी जारी गरेको हो।

बर्दियाको गुलेरिया नगरपालिका–५ की स्थायी बासिन्दा रायमाझीमाथि २ लाख ७५ हजार रुपैयाँ सापटी लिएर फिर्ता नगरेको र दिएको चेक बाउन्स भएको आरोप छ। आशा कुमारी चौहान नामक महिलाले पर्सा प्रहरीमा दिएको जाहेरीका आधारमा सो प्रक्रिया अघि बढाइएको हो।

‘उहाँविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको छ। कानुनी प्रक्रिया अघि बढाइरहेका छौं,’ पर्सा प्रहरीले जानकारी दिएको छ।

उनीविरुद्ध दर्ता भएको उजुरी अनुसार लामो समयदेखि रकम नतिरेपछि चेक दिएकी थिइन्। तर, उनले दिएको एभरेष्ट बैंकको उक्त चेक रकम नभएर बाउन्स भएको थियो।

यस विषयमा जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले पार्टीमा कुनै औपचारिक छलफल नभएको बताएका छन्। ‘पक्राउ पुर्जी जारी भएको भन्ने थाहा पाएका हौं। तर, यो उहाँको व्यक्तिगत आर्थिक लेनदेनको विषय हो। पार्टीसँग यसको सम्बन्ध छैन,’ प्रवक्ता यादवले प्रतिक्रिया दिए।

पक्राउ पुर्जी जारी भएपनि रायमाझीसँग सम्पर्क स्थापित हुन सकेको छैन। प्रहरीले उनलाई खोजी कार्य अघि बढाएको छ।

समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनेकी रायमाझी यसअघि जसपाबाट सांसद भएकी थिइन्। एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी रायमाझी माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको मन्त्रिपरिषद्मा कृषि मन्त्रीसमेत भइसकेकी हुन्।

सत्ता साझेदार हुँदै मन्त्री बनेकी रायमाझी अहिले भने बैंकिङ कसुरको आरोपमा कानुनी समस्यामा फसेकी छिन्।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...