News Portal

बैंक तथा सहकारी शिक्षा सम्बन्धी तालिम सम्पन्न

३४९ पटक

रविन्द्र बराल/ मोरङ, असार ८ – सुनवर्सी–५ स्थित वडा कार्यालयमा तीन दिने बैंक तथा सहकारी शिक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ। तालिममा सुनवर्सी नगर भित्र छरिएर रहेका सहकारी संस्थाहरूका ३० जना युवा तथा महिलाहरू सहभागी थिए।

पछिल्लो समय गाउँघरमा रहेका सहकारी संस्थाहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र सहकारी सञ्चालकहरूको काम र कर्तव्यका विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। अहिलेसम्म सुनवर्सी नगरपालिकाले सहकारीसम्बन्धी यस्तो कार्यक्रम ल्याउन नसकेको तर वडा नम्बर ५ का अध्यक्ष युगेश्वर ठाकुरले यस्तो कार्यक्रम ल्याएर राम्रो काम गरेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।

नगरपालिकामा दुई वटा कार्यालय हुँदा हुँदै पनि सहकारीसम्बन्धी यस्तो तालिम नहुनु लज्जास्पद भएको उनीहरूको भनाइ थियो। सहभागीहरूलाई सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा यस्ता कार्यक्रम अगाडि बढाइने वडा अध्यक्ष युगेश्वर ठाकुरले जानकारी दिए।

अहिलेसम्म नगरपालिकाले गर्नुपर्ने काम वडाले गरेकोमा जिल्ला सहकारी संघका राकेश दाहालले वडा अध्यक्षको प्रशंसा गरे। तीन दिनसम्म सञ्चालन भएको तालिममा मनोज कार्की, राजेश दाहाल र राकेश दाहालले प्रशिक्षण दिएका थिए। कार्यक्रममा कमलेश्वर ठाकुर, वडा सचिव अभिमन्यु दास, वडा सदस्य प्रदीप दास, वीरेन्द्र दासलगायत स्थानीय बुद्धिजीवी र समाजसेवीहरूको सहभागिता थियो।

असार ५ गतेदेखि सुरु भएको तालिम शनिबार, असार ७ गते सम्पन्न गरिएको हो।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...