News Portal

नवलपरासीमा यात्रुबाहक बस खोलामा बगायो, ४० जना यात्रुको सकुशल उद्दार

३०४ पटक

नवलपुर, असार ६ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयी खोलामा यात्रुबाहक बस बगाएको छ। भे१ख ४०८५ नम्बरको उक्त बस पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा बाढीले बगाएको हो। बसमा करिब ४० जना यात्रु सवार थिए।

गएको राति खोलामा आएको आकस्मिक बाढीले बस बगाएपछि सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा सबै यात्रुको सकुशल उद्दार गरिएको छ। तर, बगाएको बस भने अझै फेला परेको छैन। घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मधु नेपालले खोजी कार्य जारी रहेको जानकारी दिएका छन्।

लगातार परेको झरीका कारण विनयी खोलासहित पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डहरू प्रभावित बनेका छन्। नारायणगढ–बुटवल सडक खण्डमा पहिरो र बाढीका कारण आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसअघि नै प्रहरीले जोखिम बढेको भन्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको थियो। तर केही सार्वजनिक बस सञ्चालकहरूले प्रहरीको आग्रहलाई अटेरी गर्दै सञ्चालन गरेका कारण जोखिम बढेको हो।

विनयी खोलाको डाइभर्सनमा क्षति पुगेकाले त्यस क्षेत्र हुँदै सवारीसाधन चलाउन कठिन बनेको छ। साथै दुम्कीबास–दाउन्ने खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोलामा सडक चिप्लो भएर सवारी साधन फस्ने, चिप्लिने समस्या बढेको छ। यस्तै अवस्थामा प्रहरीले यात्रुहरूलाई थप सावधानी अपनाउन आग्रह गरेको छ।

स्थानीय प्रशासन र सुरक्षा निकाय लगातार सडक खुलाउन र सुरक्षाका उपायहरू अपनाउन जुटिरहेका छन्। लगातारको वर्षा र पहिरोले पूर्वी तराईका अन्य भागहरूमा पनि जनजीवन प्रभावित बनेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...