News Portal

नवलपरासीमा यात्रुबाहक बस खोलामा बगायो, ४० जना यात्रुको सकुशल उद्दार

३७७ पटक

नवलपुर, असार ६ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयी खोलामा यात्रुबाहक बस बगाएको छ। भे१ख ४०८५ नम्बरको उक्त बस पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा बाढीले बगाएको हो। बसमा करिब ४० जना यात्रु सवार थिए।

गएको राति खोलामा आएको आकस्मिक बाढीले बस बगाएपछि सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा सबै यात्रुको सकुशल उद्दार गरिएको छ। तर, बगाएको बस भने अझै फेला परेको छैन। घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मधु नेपालले खोजी कार्य जारी रहेको जानकारी दिएका छन्।

लगातार परेको झरीका कारण विनयी खोलासहित पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डहरू प्रभावित बनेका छन्। नारायणगढ–बुटवल सडक खण्डमा पहिरो र बाढीका कारण आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसअघि नै प्रहरीले जोखिम बढेको भन्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको थियो। तर केही सार्वजनिक बस सञ्चालकहरूले प्रहरीको आग्रहलाई अटेरी गर्दै सञ्चालन गरेका कारण जोखिम बढेको हो।

विनयी खोलाको डाइभर्सनमा क्षति पुगेकाले त्यस क्षेत्र हुँदै सवारीसाधन चलाउन कठिन बनेको छ। साथै दुम्कीबास–दाउन्ने खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोलामा सडक चिप्लो भएर सवारी साधन फस्ने, चिप्लिने समस्या बढेको छ। यस्तै अवस्थामा प्रहरीले यात्रुहरूलाई थप सावधानी अपनाउन आग्रह गरेको छ।

स्थानीय प्रशासन र सुरक्षा निकाय लगातार सडक खुलाउन र सुरक्षाका उपायहरू अपनाउन जुटिरहेका छन्। लगातारको वर्षा र पहिरोले पूर्वी तराईका अन्य भागहरूमा पनि जनजीवन प्रभावित बनेको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...