
आज असार ६, २०८२ (जुन २०, २०२५) को राशिफल यस प्रकार रहेको छ:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईँको जीवनमा नयाँ आशा र सम्भावनाको सुरुवात लिएर आउनेछ। विशेषगरी कामधन्दामा विगतदेखि प्रयास गर्दै आउनुभएका योजनाहरूले गति लिन सक्ने देखिन्छ। व्यापारिक क्षेत्रमा नयाँ साझेदारी वा सम्झौताका अवसरहरू प्राप्त हुने संकेत छन्। वैदेशिक व्यापार वा आयात-निर्यातसँग सम्बन्धित काममा संलग्न व्यक्तिहरूलाई सफलता मिल्ने छ। सरकारी कामकाज वा प्रशासनसँग सम्बन्धित विषयहरूमा पनि सकारात्मक संकेत देखिन्छ। तर, केही समयमा मनमा आशंका र दुविधा उत्पन्न हुन सक्नेछ, त्यसकारण निर्णय लिनु पूर्व पर्याप्त सोचविचार गर्नु उत्तम हुनेछ। पारिवारिक जीवनमा सामान्यतया शान्त वातावरण रहनेछ, तर पारिवारिक सदस्यहरूका बीचमा साना ताना-बाना मतभेद आउन सक्छन्। सम्पत्तिसम्बन्धी छलफल वा सल्लाह आजको दिनमा अगाडि बढ्न सक्छ। प्रेम जीवनका लागि यो समय गहिरो संवादको आवश्यकता रहेको देखिन्छ। यदि सम्बन्धमा अलि टाढापन अनुभव हुँदै आएको छ भने आज मिलेर सबै कुरा स्पष्ट पार्ने अवसर हुनेछ। विवाहित जीवनमा एक अर्काप्रति भरोसा र विश्वासको वातावरण बन्नेछ। सन्तान पक्षबाट सुखद समाचार सुन्न पाइनेछ। शैक्षिक र बौद्धिक क्षेत्रमा सक्रिय व्यक्तिहरूका लागि आजको दिन उर्जावान बन्नेछ। विशेषतः प्रतिस्पर्धात्मक परीक्षामा बस्नेहरूको लागि राम्रो समय हो। नयाँ विषयवस्तु सिक्ने चाहना जागृत हुनेछ। यात्राका लागि योजना बनाउने हो भने, छिटो निर्णय लिने भन्दा पनि विस्तृत योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यतर्फ सामान्य जस्तै देखिए पनि आहारविहार र पुराना रोगप्रति सतर्कता आवश्यक रहनेछ। (शुभ रङ: रातो, शुभ अंक: ९)
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन तपाईंको जीवनमा द्विविधा र अन्योलको मनस्थिति ल्याउन सक्छ। विगतका अधुरा कामहरूलाई पूरा गर्ने सोच लिएर अघि बढ्दा पनि कतिपय कामहरुमा अनावश्यक ढिलासुस्ती आउन सक्छ। व्यवसायिक जीवनमा अहिले संयमता अपनाउनु पर्ने समय हो। नयाँ योजना ल्याउने वा लगानी गर्ने सोच छ भने त्यो योजना अलि पछि सारेर, पहिल्यै थालिएको कामलाई अगाडि बढाउनु उचित हुनेछ। पुरानो ऋण वा तिर्न बाँकी रकम सम्बन्धी कुरा समाधानतर्फ उन्मुख हुने संकेत देखिन्छ। आर्थिक पक्ष केही उतारचढावयुक्त रहनेछ। सोचभन्दा बढी खर्च हुन सक्छ, विशेष गरी घरपरिवार र सामाजिक जमघटमा। त्यसैले, वित्तीय अनुशासन कायम राख्नु अनिवार्य छ। पारिवारिक सम्बन्धमा सन्तुलन राख्नुपर्छ। घरभित्र सानातिना वादविवाद हुनसक्छ, विशेषगरी बुढाबुढी वा अभिभावकसँग बिषयमा असहमतिहरू आउन सक्छन्। धैर्य र समभावले मात्र परिस्थितिलाई सहज बनाइनेछ। प्रेम सम्बन्धमा मनको कुरा खुलस्त राख्नु आवश्यक हुनेछ। अपुरो बुझाइ वा झुटा शंकाका कारण आपसी सम्बन्धमा टाढापन आउनसक्छ। विद्यार्थी वर्गका लागि आजको दिन केही अल्छीपन र ध्यान केन्द्रित गर्न कठिनाई हुने देखिन्छ। प्रतिस्पर्धी परिक्षामा तयारी बढाउन आवश्यक छ। यात्राका लागि आजको दिन उत्तम देखिँदैन, विशेषगरी लामो दूरीका यात्रामा सावधानी अपनाउनु पर्नेछ। स्वास्थ्यतर्फ विशेष सतर्कता आवश्यक छ, विशेषगरी पुराना रोग बल्झन सक्ने संकेत छन्। (शुभ रङ: सेतो, शुभ अंक: ६)
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन तपाईंको लागि आत्मविश्वास र निर्णय क्षमताको परीक्षा लिने समय हो। विगतमा लिएको कुनै निर्णय आज फाइदाजनक सावित हुन सक्छ। कामकाजी जीवनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ला र त्यसबाट तपाईंको छवि अझ सुदृढ बन्नेछ। सरकारी वा वैदेशिक काममा संलग्न भएकाहरूका लागि उत्कृष्ट समय रहेको छ। आर्थिक दृष्टिकोणले पनि उन्नतिको संकेत देखिन्छ। विशेषगरी साझेदारी वा टीमवर्कमा गरिएको कामबाट लाभ पाइनेछ। पारिवारिक वातावरणमा केही असन्तुलन आउन सक्छ। आफ्नै व्यवहार र बोलीको कारण पारिवारिक सदस्यहरूसँग मतभेद बढ्नसक्छ। त्यसैले बोल्दा सोचेर बोल्नु नै उचित हुनेछ। प्रेम जीवनमा तिक्तता आउनसक्ने छ, पुराना कुराहरू उछालेर सम्बन्ध बिग्रन सक्ने खतरा देखिन्छ। तर, सजगतापूर्वक संवाद गरेमा सम्बन्धलाई नयाँ उचाइमा पु-याउन सकिन्छ। पढाइ लेखाइमा मन जानेछ र नयाँ विषय सिक्ने चाहना बढ्नेछ। साहित्य, कला, सङ्गीत वा लेखनमा रुचि भएकाहरूलाई विशेष सफलता प्राप्त हुने योग देखिन्छ। यात्राको कुरा गर्दा, विशेष गरी कामसंग सम्बन्धित यात्रामा जाने योजना सफल हुनेछ। स्वास्थ्यको मामलामा टाउको दुखाइ वा आँखासम्बन्धी समस्या देखिन सक्छ, त्यसैले आवश्यकता अनुसार आराम लिनु राम्रो हुनेछ। (शुभ रङ: पहेँलो, शुभ अंक: ५)
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज तपाईंको लागि भावनात्मक उथलपुथल आउने सम्भावना देखिन्छ। निर्णय लिनुअघि भावनाको प्रभावमा नपरी यथार्थमा आधारित भएर सोच्नु उत्तम हुनेछ। कामकाजमा मन अलि बिचलित हुने अवस्था देखिन्छ, त्यसैले योजना बनाउने कामलाई प्राथमिकता दिनु उचित हुन्छ। नयाँ आर्थिक योजना वा लगानी सोच्दै हुनुहुन्छ भने, अझै केही समय पर्खनु राम्रो हुनेछ। यद्यपि, पहिले देखिको व्यवसाय वा रोजगारीमा सुधारको संकेत देखिन्छ। पारिवारिक जीवनमा आज विशेष ख्याल गर्नु पर्ने दिन हो। घरभित्र कुनै न कुनै बिषयलाई लिएर असहमति देखिन सक्छ। सन्तानको स्वास्थ्य वा शिक्षासम्बन्धी चिन्ता बढ्न सक्छ। प्रेम जीवनमा पनि आजको दिन संवेदनशील रहनेछ, साथीको व्यवहार वा सोचमा केही फरकपन महसुस हुनसक्छ, त्यसैले संवाद र समर्पण अपरिहार्य रहनेछ। शैक्षिक क्षेत्रमा प्रगति देखिए पनि ध्यान केन्द्रित गर्न केही कठिनाइ हुन सक्छ। प्रतिस्पर्धी परीक्षा वा अन्तर्वार्तामा तयारी आवश्यक हुनेछ। यात्राको योजना बनाउनु अघि त्यसको आवश्यकताको गहिरो मूल्यांकन गर्नुहोस्। स्वास्थ्यमा विशेष गरी पाचन प्रणालीमा समस्या देखिन सक्छ, तातो खानेकुरा र सजग आहार लिनु राम्रो हुनेछ। (शुभ रङ: खैरो, शुभ अंक: २)
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन तपाईंको जीवनमा एक निर्णायक मोडको संकेत बोकेको छ। विशेषगरी व्यक्तिगत जीवन र सामाजिक प्रतिष्ठाका हिसाबले तपाईंले विगतमा गरेका कर्महरूको परिणाम आउनेछ। कामकाजी क्षेत्रमा जिम्मेवारी बढ्न सक्छ, जसले तपाईँलाई नेतृत्वदायी भूमिकामा ल्याउन सक्छ। उद्योग, व्यापार वा सेवा क्षेत्रका लागि नयाँ अवसरको ढोका खुल्ने संकेत देखिन्छ। तर, अत्यधिक आत्मविश्वासले कहिलेकाहीँ नोक्सान पनि ल्याउन सक्छ, त्यसैले सन्तुलन कायम राख्नु आवश्यक हुनेछ। आर्थिक पक्ष बलियो देखिए पनि आकस्मिक खर्चहरू पनि उस्तै देखिन्छन्, विशेष गरी मित्र मण्डली वा सामाजिक गतिविधिमा खर्च बढ्नेछ। पारिवारिक वातावरण सुखद रहनेछ। तर कतिपय अवस्थामा घरको कुनै सदस्यसँग टाढोपन महसुस हुन सक्छ। यस्तो अवस्थामा आत्मीयताका साथ व्यवहार गर्नुपर्छ। प्रेम सम्बन्धमा गहिरो संवेदना र समर्पणको आवश्यकता देखिन्छ। साथीले गरेको प्रयासको कदर गर्नुहोस्, सम्बन्धमा अझ न्यानोपन आउँछ। शैक्षिक क्षेत्रमा तपाईँको लगाव अझ सुदृढ बन्नेछ। अध्ययन तथा अनुसन्धान गर्नेहरूको लागि अवसरमूलक दिन हो। यात्राका लागि अनुकूल समय छ, विशेष गरी पेशागत वा व्यक्तित्व विकाससँग सम्बन्धित भ्रमण लाभदायक हुनेछ। स्वास्थ्यका दृष्टिकोणले मानसिक तनाव कम गर्न ध्यान, योग वा मन बहलाउने कार्यमा लाग्नु राम्रो हुनेछ। (शुभ रङ: सुन्तलामी, शुभ अंक: १)
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन तपाईँको कार्यशैलीमा सुधार ल्याउने र आफ्नो जिम्मेवारीलाई नयाँ दृष्टिकोणले हेर्ने अवसर ल्याउनेछ। तपाईंका सोच र विश्लेषण क्षमतामा निखार आउनेछ, जसले काममा नयाँ ऊर्जा दिनेछ। तर, आलोचना वा नकारात्मक सोच बोकेका व्यक्तिहरूबाट टाढा रहनु नै उत्तम हुनेछ। आर्थिक पक्ष स्थिर भए तापनि नयाँ आम्दानीका श्रोत खोल्ने सोचमा हुनुहुन्छ भने, आज योजना बनाउने उचित समय हो। व्यापारमा पूरक योजना निर्माणको समय हो। नयाँ साझेदारिता वा कामको विस्तारको चर्चा हुन सक्छ। पारिवारिक दृष्टिले केही तनाव देखिन सक्छ, विशेष गरी पति–पत्नी वा आमाबाबु–सन्तानबीचको मतभेद बढ्नसक्छ। तर, आपसी समझदारी र संयमता अपनाउन सकिएमा झिनो विवाद पनि सहजीकरणतर्फ मोड्न सकिन्छ। प्रेम जीवनमा साथीको साथ र आत्मीयता प्राप्त हुनेछ, यदि विगतमा केही गलतफहमीहरू थिए भने आज त्यसको समाधान सम्भव छ। विद्यार्थी वर्गका लागि अध्ययनमा सुधार आउने संकेत छ। अध्ययनलाई समय दिन नसकेको भए आजदेखि नयाँ ढंगले तयारी सुरु गर्न सकिनेछ। यात्राको योजना लामो समयदेखि रोकिएको छ भने आज सक्रियताका साथ अघि बढाउन सकिनेछ। स्वास्थ्यमा छाती, पेट वा रक्तचाप सम्बन्धी समस्या हुनसक्ने भएकाले नियमित जाँच गराउनु उपयुक्त हुनेछ। (शुभ रङ: हरियो, शुभ अंक: ४)
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन तपाईंको जीवनमा व्यक्तिगत सम्बन्ध, सामाजिक दायरा र सार्वजनिक छविलाई लिएर महत्वपूर्ण मोड आउन सक्छ। विगतका अनुभवहरूबाट सिक्दै अघि बढ्ने समय हो। कार्यक्षेत्रमा तपाईंको सुझबुझ, सन्तुलन र समन्वयकारी व्यवहारको माग हुनेछ। व्यवसायिक क्षेत्रमा लाभदायक प्रस्तावहरू आउन सक्छन्, जसले भविष्यमा ठूलो लाभ दिलाउने आधार बन्न सक्छ। आर्थिक रूपले दिन सकारात्मक रहनेछ। विगतको लगानीबाट फाइदा उठाउने सम्भावना छ। पारिवारिक वातावरणमा सन्तुलन कायम रहनेछ। दाजुभाइ वा दिदीबहिनीसँग सहयोग र साथको भावना बढ्नेछ। प्रेम जीवनमा मन मिल्ने साथीको सहयोगले आत्मबल बढ्नेछ। यदि विगतमा सम्बन्धमा टाढोपन आएको थियो भने आज संवादमार्फत त्यसलाई पुनः ताजा बनाउन सकिनेछ। शिक्षा क्षेत्रमा राम्रो उपलब्धि पाउने समय हो। पढाइमा मन नलागिरहेको भए पनि आजदेखि ऊर्जा फर्किन थाल्नेछ। परीक्षा वा प्रतिस्पर्धी तयारीको लागि उत्कृष्ट समय हो। यात्राका लागि दिन सामान्य रहला, तर घरबाहिर रहँदा वा सवारी चलाउँदा विशेष सावधानी अपनाउनुहोस्। स्वास्थ्यमा सानो तिनो चिसो, ज्वरो वा एलर्जी देखिन सक्छ, घरेलु उपायहरूबाट नियन्त्रण सम्भव छ। (शुभ रङ: गुलाबी, शुभ अंक: ७)
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन तपाईँका लागि आत्ममूल्यांकन र आन्तरिक खोजको समय हो। विगतका गल्तीहरू स्वीकारेर नयाँ शुरुआत गर्न सकिने दिन हो। काममा दबाब रहनेछ तर त्यो तपाईँका क्षमताको परीक्षाजस्तै हुनेछ। तर तपाईँले बुद्धिमत्तापूर्वक सबै काम सम्हाल्न सक्ने स्थिति देखिन्छ। व्यवसायमा नयाँ चुनौतीहरू देखिए तापनि त्यसलाई अवसरमा बदल्न सक्ने सामर्थ्य हुनेछ। आर्थिक पक्षमा लाभ र खर्चको सन्तुलन आवश्यक देखिन्छ। लगानी गर्दा दीर्घकालीन सोच राख्नु पर्नेछ। पारिवारिक सम्बन्धहरूमा कदर, माया र समझदारी आवश्यक छ। घरभित्रको कुनै जिम्मेवारी तपाईंको काँधमा आउनेछ, जसलाई सजिलै सम्हाल्न सकिनेछ। प्रेम सम्बन्धमा पुराना तिक्तता हटाउन आत्मिय संवाद आवश्यक छ। पढाइमा लागेका विद्यार्थीसँग आज विशेष उर्जा र प्रेरणा हुनेछ। नयाँ पाठ्यक्रम वा भाषा सिक्ने योजना आजदेखि सुरु गर्न सकिनेछ। यात्रामा विशेष ध्यान दिनुहोस्, विशेषगरी पानी, सवारी वा भौगोलिक जोखिमहरूमा सतर्कता अपनाउनु आवश्यक छ। स्वास्थ्यतर्फ निन्द्रामा बाधा, तनाव र मानसिक चपेटा देखिन सक्छ — विश्राम र ध्यानले आराम मिल्नेछ। (शुभ रङ: निलो, शुभ अंक: ८)
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन तपाईंका लागि भावनात्मक र बौद्धिक उन्नतिको समिश्रण हुनेछ। काममा नयाँ जोश र विचारशैली लिएर अघि बढ्न सकिने दिन हो। हिजोअस्ति सोचेको योजनालाई आज कार्यान्वयनमा ल्याउने समय आएको छ। व्यापार वा सेवामा संलग्नहरूका लागि नयाँ प्रस्ताव आउन सक्छ। विदेशसँग सम्बन्धित काममा उत्साहजनक गति देखिन सक्छ। आर्थिक पक्षमा आयस्रोत बढ्नेछ। पुराना ऋण वा देनदारी फिर्ता हुने सम्भावना पनि प्रबल छ। पारिवारिक वातावरण सन्तुलित रहनेछ। सन्तानको उन्नति वा विवाहजस्ता विषयमा सकारात्मक कुरा चल्न सक्छ। प्रेम जीवनमा नयाँ ऊर्जा र स्पष्टता आउनेछ, अविश्वासको ठाउँमा अब समझदारी बस्नेछ। विद्यार्थीहरूका लागि यो समय निकै फलदायी हुनेछ। पढाइमा उन्नति हुनेछ, विशेष गरेर अनुसन्धान वा गहिरो अध्ययन गर्नेहरूका लागि शुभ समय हो। यात्राका लागि समय मिल्नेछ, विशेषतः तीर्थ वा गन्तव्य बदल्ने योजना भएमा सफल हुनेछ। स्वास्थ्यतर्फ कुनै विशेष समस्या नदेखिए पनि पुराना रोगप्रति सर्तकता आवश्यक हुनेछ। (शुभ रङ: सुनौलो, शुभ अंक: ३)
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन तपाईंको आत्मबल उच्च रहनेछ र तपाईंको प्रयासअनुसार परिणाम प्राप्त गर्न सकिनेछ। व्यक्तिगत जीवन र कार्यक्षेत्र दुवैमा सन्तुलन कायम गर्नुपर्ने आवश्यकता देखिन्छ। आफ्नो सञ्जाल विस्तार गर्न चाहनेहरूका लागि दिन लाभदायक रहनेछ। व्यापार वा सेवा क्षेत्रमा नयाँ मोड आउनेछ, जुन तपाईँको भविष्यको दिशानिर्देश बन्न सक्छ। आर्थिक दृष्टिकोणले सन्तोषजनक स्थिति रहनेछ। परिवारमा सहयोगी वातावरण रहनेछ, साथै अभिभावक वा गुरुजस्ता व्यक्तिहरूसँग राय सल्लाह हुने सम्भावना छ। प्रेम सम्बन्धमा आत्मीयता र समझदारी बढ्नेछ। खास गरेर लामो समयदेखि प्रेम सम्बन्धमा रहेका व्यक्तिहरूका लागि भविष्यको योजनाबारे कुरा हुने दिन हो। पढाइमा नयाँ सोच र रचनात्मकता देखिनेछ। आजको दिन लेखन, चित्रकला, अनुसन्धान वा भाषिक क्षेत्रमा संलग्नहरूको लागि राम्रो रहनेछ। यात्राको कुरा गर्दा, कामकाजी वा सामाजिक प्रयोजनले यात्रा सफल र फलदायी हुने देखिन्छ। स्वास्थ्य पक्षमा चिसो, खाँसी वा एलर्जी जस्ता सामान्य समस्या बाहेक गम्भीर समस्या देखिन्न। (शुभ रङ: कालो, शुभ अंक: १०)
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन भविष्यको योजना बनाउने र आफ्नो योग्यताको पहिचान गर्ने दिन हो। नेतृत्व गर्ने क्षमताको अभिवृद्धि हुनेछ र आपसी समन्वयले ठूलो लक्ष्यहरू हासिल गर्न सकिनेछ। विगतमा अगाडि बढाउन नसकेको कुनै कार्य आज तीव्र गतिमा अघि बढ्न सक्नेछ। व्यवसायमा पुराना साझेदारहरूसँग पुनः सहकार्य गर्ने वातावरण बन्नेछ। आर्थिक पक्ष राम्रो देखिन्छ। तर नचाहिँदो खर्च वा लोभले गर्दा केही घाटा हुने सम्भावना पनि नकार्न सकिन्न। पारिवारिक जीवन सामान्य रहनेछ तर ससाना कुरामा मन दुख्ने अवस्था आउन सक्छ। प्रेम सम्बन्धमा इमानदारी र स्पष्टता आवश्यक छ। भावना लुकाउँदा भ्रम उत्पन्न हुनसक्छ। विद्यार्थी वर्गका लागि आजको दिन पढाइमा पुन: सक्रियता ल्याउने दिन हो। परीक्षा वा अन्तर्वार्ता जस्ता कार्यहरूका लागि सकारात्मक समय हो। यात्रामा विशेष ध्यान दिनुपर्ने समय हो, विशेष गरी दैनिक जीवनमा सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस्। स्वास्थ्यमा अनिद्रा, बेचैनी वा मानसिक थकानको अनुभव हुन सक्छ। (शुभ रङ: बैजनी, शुभ अंक: ११)
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन तपाईंको लागि आत्मपरिक्षण र कार्य–समर्पणको दिन हो। व्यक्तिगत जीवनमा धेरै कुराहरू स्थायीतर्फ जाँदैछन्। भावनात्मक स्थिरता कायम राखेर व्यवहार गर्नु अत्यावश्यक हुनेछ। कार्यक्षेत्रमा समयमै निर्णय लिनुहोस् — ढिलो गरेमा अवसर गुम्ने डर रहन्छ। व्यापारिक सौदाबाजी वा साझेदारीको कुरा चाँडै निष्कर्षमा पुग्ने संकेत देखिन्छ। आर्थिक पक्ष सामान्य देखिए तापनि कतिपय योजना कार्यान्वयन गर्दा खर्च बढ्न सक्छ। खर्च गर्नु अगावै पूर्ण योजना बनाउनु राम्रो हुनेछ। पारिवारिक वातावरणमा सकारात्मक परिवर्तन देखिन्छ। प्रेम सम्बन्धमा नयाँ सोच र समर्पण आवश्यक हुनेछ। सम्बन्धलाई बलियो बनाउन आजको दिन उपयुक्त हो। विद्यार्थीहरूको लागि अध्ययन र ध्यान केन्द्रित गर्न उपयुक्त समय हो। सिर्जनशील कामहरूमा सफलता प्राप्त हुने दिन हो। यात्राको प्रसंगमा, धार्मिक वा आन्तरिक शान्तिको खोजीमा निस्कन सकिने सम्भावना छ। स्वास्थ्यमा पाचन प्रणाली वा मुटुसम्बन्धी मामिलामा विशेष सतर्कता अपनाउनु पर्नेछ। (शुभ रङ: मरून, शुभ अंक: १२)
तपाईंको दिन शुभ रहोस्!