News Portal

नेपालमा फेरि कोरोना संक्रमण देखिन थाल्यो, सीमा नाकाबाट जोखिम बढ्दै

२४९ पटक

काठमाडौं, असार ५ – नेपालमा कोरोना भाइरस संक्रमण पुनः देखिन थालेको छ। पछिल्लो समय मौसम परिवर्तनसँगै रुघाखोकी र ज्वरोजस्ता लक्षणका बिरामी बढिरहेका छन् भने कोरोनाको संक्रमण पनि फाट्टफुट देखिन थालेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार विशेष गरेर नेपाल–भारत सीमामा कोरोनाको संक्रमण देखिएको छ। कञ्चनपुर सीमामा भारतबाट आउने व्यक्तिहरूमा संक्रमण देखिन थालेको उनले जानकारी दिए। उनका अनुसार पुस १७ गतेयता मात्रै १६० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

पछिल्ला सात दिनमा मात्रै ३० जना संक्रमित भेटिएको छ भने पछिल्लो २४ घण्टामा पाँच नयाँ संक्रमित थपिएका छन्। वागमती प्रदेश सबैभन्दा बढी जोखिममा रहेको छ, जहाँ १२९ जना संक्रमित भेटिएका छन्। सुदूरपश्चिम प्रदेशमा १७ जना, मधेश प्रदेशमा पाँच जना र कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा समान रूपमा तीन/तीन जना संक्रमित भेटिएका छन्।

संक्रमण देखिएको स्थानहरूमा परीक्षण तीव्र पारिएको छ। अहिलेसम्म ६४० थान एन्टिजेन परीक्षण किट प्रयोग भइसकेको छ भने थप परीक्षणका लागि खरिद प्रक्रिया अघि बढाइएको महाशाखाले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार रुघाखोकी र ज्वरोका बिरामी उपचारका लागि अस्पतालमा आउन थालेका छन्। उनले मौसम परिवर्तनका कारण अन्य संक्रमणहरू पनि देखिन थालेको बताए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतमा कोरोना संक्रमण बढेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको हो। उनले कोरोना भाइरस विरुद्ध खोप नलगाएका, दीर्घरोगी र ज्येष्ठ नागरिकहरू अझै पनि जोखिममा रहेको भन्दै सावधानी अपनाउन आग्रह गरे।

नेपाल सरकारले सीमा क्षेत्र र अन्य जोखिमयुक्त स्थानहरूमा परीक्षण र निगरानीलाई कडा बनाउँदै संक्रमण नियन्त्रणमा ध्यान केन्द्रित गरेको छ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...