News Portal

झापाली समाज कुवेतको छैटौँ महाधिवेशन ११ जुलाईमा हुने

५१२ पटक

कुवेत, असार ४ – कुवेतमा रहेका झापालीहरूको साझा संगठन झापाली समाज कुवेत ले आउँदो ११ जुलाई २०२५, शुक्रबारका दिन आफ्नो छैटौँ महाधिवेशन गर्ने भएको छ।

‘हाम्रो एकता विकासको लागि’ भन्ने मूल नाराका साथ सन् २०१३ मा स्थापना भएको झापाली समाज कुवेतले निरन्तर रूपमा सामाजिक कार्य गर्दै आएको छ। हालै ०६ जून २०२५, शुक्रबारका दिन कुवेतको फर्वानियास्थित समाजका कार्यवाहक अध्यक्ष लिला पाण्डेको अध्यक्षतामा बसेको मासिक बैठकले उक्त महाधिवेशन गर्ने निर्णय गरेको हो। सो जानकारी समाजका संरक्षक गोविन्द प्रसाद तिम्सिनाले दिएका छन्।

झापा जिल्ला तथा नेपालका विभिन्न ठाउँहरूमा र कुवेतमा रहेका झापाली तथा गैर-झापालीहरूमाझ दुःखी र पीडितलाई सहयोग गर्दै सामाजिक सेवामा सक्रिय रहँदै आएको समाजले उक्त महाधिवेशनलाई भव्य र सभ्य रूपमा सफल बनाउन कुवेतमा कार्यरत सम्पूर्ण झापाली तथा गैर-झापाली दाजुभाइ-दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई दिन हार्दिक अनुरोध गरेको छ।

मिति : ११ जुलाई २०२५, शुक्रबार

समय : दिउँसो ठीक १ बजे

स्थान : डिलाइट हल, मंगाफ, ब्लक नं. ४, रोड नं. ४०, बिल्डिङ नं. १९९

आयोजक : झापाली समाज कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...