News Portal

  • एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

    १६६ पटक

    अमेरिका, असार ४ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले महेश कुमार श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सँग सहकार्य गर्ने भएको छ।

    हाल संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्ष श्रेष्ठको सम्मानमा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्वागत कार्यक्रम आयोजना गर्न लागिएको हो।

    एनआरएनए मेरिल्याण्ड च्याप्टरको सहयोगमा एनआरएनए एनसीसी अमेरिकाले यही शुक्रबार (२० जुन) साँझ ७ बजे एक बृहत् स्वागत तथा अन्तरक्रिया कार्यक्रम राखेको छ।

    उक्त स्वागत कार्यक्रममा सहभागी हुन एनसीसी अमेरिकाले नेपाली संघसंस्थाका अध्यक्ष, पदाधिकारीहरू, समाजसेवी, व्यवसायी तथा एनआरएन अभियन्ताहरूलाई आमन्त्रण गरेको एनसीसी अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेले जानकारी दिए।

    गत मे ३ र ४ गते काठमाडौंमा आयोजित एनआरएनएको एकता महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति (आइसीसी) निर्विरोध निर्वाचित भएको थियो। अध्यक्षमा निर्वाचित भए यता श्रेष्ठको यो पहिलो अमेरिका भ्रमण हो।

    यसअघि गत आइतबार अध्यक्ष श्रेष्ठको स्वागतमा टेक्सासमा पनि एक कार्यक्रम आयोजना गरिएको थियो। अमेरिका निवासी एनआरएनए आइसीसीका उपाध्यक्ष सुनील साहको संयोजनमा आयोजित उक्त अन्तरक्रियामा ड्यालसस्थित विभिन्न नेपाली संघसंस्थाका पदाधिकारी तथा एनआरएन अभियन्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

    यसैगरी, सान फ्रान्सिस्कोमा पनि अध्यक्ष श्रेष्ठको सम्मानमा कार्यक्रम आयोजना गरिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीको व्यङ्ग्य: ‘भिजिट भिसामा गएर फर्किएको व्यक्ति भिजिट भिसाबारे प्रश्न गर्दैछ’

    काठमाडौँ – प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोचक टिप्पणी गर्दै एक व्यक्तिमाथि प्रतिशोधको...

    पक्राउ परेका चक्रे मिलन राजनीतिक र सामाजिक अभियानमै संलग्न भएको दाबी

    काठमाडौं, साउन २८ – साउन १५ गते राजधानीको चक्रपथस्थित साम्बला होटलमा ठूलो संख्यामा युवासँग जन्मदिन...

    देशभरका कारागारमा ६७ प्रतिशत बढी पुरुष बन्दी, महिला भने क्षमता भित्रै

    – नेपालका कारागारहरूमा पुरुष बन्दीको संख्या क्षमता भन्दा ६७ प्रतिशतले बढी पुगेको छ भने महिलातर्फ...

    रवि लामिछानेलाई तत्काल काठमाडौं सार्नुपर्छ : अध्यक्ष लिङ्देनको सरकारलाई आग्रह

    बुटवल, साउन २८ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि...

    आज २०८२ साल साउन २८ गतेको राशिफल

    आज साउन २८, २०८२ (अगस्त १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...