News Portal

एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

४४२ पटक

अमेरिका, असार ४ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले महेश कुमार श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सँग सहकार्य गर्ने भएको छ।

हाल संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्ष श्रेष्ठको सम्मानमा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्वागत कार्यक्रम आयोजना गर्न लागिएको हो।

एनआरएनए मेरिल्याण्ड च्याप्टरको सहयोगमा एनआरएनए एनसीसी अमेरिकाले यही शुक्रबार (२० जुन) साँझ ७ बजे एक बृहत् स्वागत तथा अन्तरक्रिया कार्यक्रम राखेको छ।

उक्त स्वागत कार्यक्रममा सहभागी हुन एनसीसी अमेरिकाले नेपाली संघसंस्थाका अध्यक्ष, पदाधिकारीहरू, समाजसेवी, व्यवसायी तथा एनआरएन अभियन्ताहरूलाई आमन्त्रण गरेको एनसीसी अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेले जानकारी दिए।

गत मे ३ र ४ गते काठमाडौंमा आयोजित एनआरएनएको एकता महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति (आइसीसी) निर्विरोध निर्वाचित भएको थियो। अध्यक्षमा निर्वाचित भए यता श्रेष्ठको यो पहिलो अमेरिका भ्रमण हो।

यसअघि गत आइतबार अध्यक्ष श्रेष्ठको स्वागतमा टेक्सासमा पनि एक कार्यक्रम आयोजना गरिएको थियो। अमेरिका निवासी एनआरएनए आइसीसीका उपाध्यक्ष सुनील साहको संयोजनमा आयोजित उक्त अन्तरक्रियामा ड्यालसस्थित विभिन्न नेपाली संघसंस्थाका पदाधिकारी तथा एनआरएन अभियन्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

यसैगरी, सान फ्रान्सिस्कोमा पनि अध्यक्ष श्रेष्ठको सम्मानमा कार्यक्रम आयोजना गरिएको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...