News Portal

  • स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, कांग्रेसका वडाध्यक्ष फरार

    २४७ पटक

    स्याङ्जा, असार ४ – आँधीखोला दोहनविरुद्ध आवाज उठाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई नेतामाथि नेकाँबाट निर्वाचित वडाध्यक्षले आक्रमण गरेपछि स्याङ्जामा तनाब सिर्जना भएको छ। आक्रमणमा संलग्न भनिएका वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनाल हालसम्म फरार छन्।

    मंगलबार साँझ रास्वपाका केन्द्रीय सदस्य मेघ आले र स्थानीय नेता दिनकर नेपालमाथि वडाध्यक्ष खनालले लाठी र रड प्रहार गरेका थिए। आँधीखोलामा भइरहेको अवैध उत्खननविरुद्ध संघर्ष समिति गठन गरेर फर्किंदै गर्दा उनीहरू वालिङ–९ को सुर्कौंदीमा आक्रमणमा परेका थिए।

    रास्वपाका स्थानीय नेता दिनकर नेपालले घटनाबारे बताउँदै भने, ‘‘पहिले धम्की दिएर गएको थियो, पछि बाटो छेकेरै आक्रमण गर्‍यो। मैले हातले रड रोकेको हुँ, हातमा चोट लाग्यो, हेल्मेट भएकाले ज्यान बाँच्यो।’’

    घटनापछि पीडित पक्षले प्रहरीमा जाहेरी दर्ता गराएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी प्रशन्नराज चौधरीले आरोपी खनाललाई खोजी कार्य तीव्र पारिएको जानकारी दिए। ‘‘उहाँ सम्पर्कमा छैनन्। स्थानीय प्रहरी परिचालन भइसकेको छ, खोजी भइरहेका छ,’’ डिएसपी चौधरीले हिमाली सञ्चारसँग भने।

    प्रहरी टोली मंगलबार नै वडाध्यक्ष खनालको घर पुगेको थियो। तर उनी घरमा नभेटिएपछि आफन्तसँग सम्पर्क गरिएको थियो। खनालको व्यक्तिगत मोबाइल स्विच अफ भए पनि अफिसियल नम्बर भने बुधबार बिहानसम्म लागिरहेकै प्रहरीले जनाएको छ।

    घटनाबारे थप छलफल गर्न वालिङ नगरपालिकामा बुधबार बिहान बैठक बसेको छ। नगर प्रवक्ता पदमराज गुरुङले घटनाबारे विस्तृत जानकारी संकलन भइरहेकाले निर्णय दिन ढिला हुन सक्ने बताए। ‘‘केही कुरा खुलेका छैनन्, नगरस्तरमा छलफल चलिरहेको छ,’’ गुरुङको भनाइ छ।

    यसैबीच, आँधीखोला दोहनविरुद्ध आवाज उठाउँदै आएका अभियन्ताहरूले मंगलबार तीन बुँदे मागसहित संघर्ष समिति गठन गरेका छन्। उनीहरूको मागमा जिल्लाभर नदीजन्य पदार्थ उत्खननका लागि स्पष्ट नीति बनाउने, उत्खननसम्बन्धी सम्पूर्ण दस्तावेज सार्वजनिक गर्ने र जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गर्ने विषय प्रमुख छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...