News Portal

एनसीसीको चुनाव बढीमा ६ महिनासम्म सार्न सकिने एनआरएनएको निर्णय (पत्रसहित)

३६० पटक

काठमाडौँ, असार ३ — गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) ले अहिलेको विशिष्ट परिस्थितिका कारण राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूले आफ्नो निर्वाचन बढीमा ६ महिनासम्म सार्न सक्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतको परमादेश बमोजिम गत मे ३ र ४ गते काठमाडौंमा आयोजित एकता महाधिवेशनद्वारा निर्वाचित एनआरएनए आइसीसीका पदाधिकारीहरूको चौथो बैठकले उक्त निर्णय गरेको प्रवक्ता गंगाधर गौतमले जानकारी दिए।

एनआरएनए आइसीसीका नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ र महासचिव बाबुराम (बीआर) लामाले संघसँग आबद्ध सबै एनसीसीहरूलाई पत्र पठाउँदै एनआरएनए उच्चस्तरीय समितिले सर्वोच्च अदालतकै परमादेश अनुसार सम्पन्न संघको अधिवेशन र त्यसपछि उब्जिएका केही अन्यौलताका कारण एनसीसीहरूलाई तोकिएको समयसीमाभित्र निर्वाचन गर्न कठिन हुन सक्ने कुरालाई बुझेर चौथो पदाधिकारी बैठकले आवश्यकता अनुसार बढीमा ६ महिनासम्म निर्वाचन सार्न सकिने निर्णय गरेको जानकारी गराएका छन्।

“हामीलाई विश्वास छ कि यो निर्णयले संस्थालाई एकताबद्ध गरी स्वतन्त्र र समावेशी निर्वाचनको तयारी गर्न पर्याप्त समय दिनेछ। तसर्थ, विधानले तोकिएको मिति जुलाई १ देखि जुलाई ३१ भित्र निर्वाचन गर्न असमर्थ एनसीसीहरूले जुलाई ३१ बाट बढीमा ६ महिना नबढ्ने गरी निर्वाचन गर्न सक्नेछन्,” पत्रमा उल्लेख छ।

यसबारे कुनै जिज्ञासा भएमा पदाधिकारीहरूलाई सम्पर्क गर्न एनआरएनए आइसीसीले सबै एनसीसीहरूलाई आग्रह गरेको प्रवक्ता गौतमले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...