News Portal

भक्तपुरमा दुई दिनदेखि बेपत्ता भएका पुरुष मृत अवस्थामा भेटिए

३५५ पटक

भक्तपुर, असार ३ – भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित खोरिया गणेशस्थान मन्दिर नजिकैको धान खेतमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मृतक खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ घर भएका ५५ वर्षीय काशीनाथ गेलाल हुन्।

गेलाल काठमाडौंको खुलालटारमा डेरा गरी बस्दै आएका थिए। उनी समय–समयमा घरपरिवारसँग सम्पर्कविहीन हुने गरेका थिए। दुई दिनअघि घरबाट निस्किएपछि उनी परिवारको सम्पर्कमा थिएनन्।

सोमबार बिहान स्थानीय बासिन्दाले खेतमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा घटनामा कुनै शंकास्पद पक्ष देखिएको छैन। यद्यपि, घटनाको पूर्ण स्पष्टताका लागि शवलाई पोस्टमार्टमका लागि पठाइएको प्रहरी स्रोतले जनाएको छ।

पूरा विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...