News Portal

  • सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ गृहमन्त्रीसँग भेट, पीडा सुनाउँदै भावुक

    २८९ पटक

    काठमाडौं, असार ३ – केही समयदेखि सम्पर्कविहीन रहेका डाक्टर केशव श्रेष्ठ अन्ततः गृहमन्त्री रमेश लेखकसँग भेट भएका छन्। मंगलबार बिहान भैँसेपाटीस्थित मन्त्री निवासमा उनलाई बोलाएर गृहमन्त्री लेखकले भेट गरेका हुन्।

    सामाजिक सञ्जालमा ‘अलविदा’ लेख्दै सम्पर्कविहीन बनेका डाक्टर श्रेष्ठको खोजीका लागि गृहमन्त्रीले आफैं निर्देशन दिएका थिए। भेटघाटका क्रममा मन्त्री लेखकले सिधा प्रश्न गरे— ‘के भएको हो तपाईंलाई? किन यस्तो लेख्नु पर्‍यो?’

    त्यसपछि डाक्टर श्रेष्ठले आफ्नो मनभित्र थुनिएको पीडा पोख्न थाले। जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरिरहेको बेला आफूमाथि झुटा आरोप लगाइएको, त्यसकै आधारमा स्पष्टिकरण मागिएको र अन्ततः सरुवा गरिदिएको भन्दै उनले आफ्ना दुःखहरू सुनाए।

    डाक्टर श्रेष्ठ सम्पर्कविहीन भएपछि प्रहरी प्रशासन सतर्क बनेको थियो। उनको खोजीका लागि प्रहरीका विभिन्न टोली परिचालन गरिएको थियो। लामो खोजीपछि सोमबार दिउँसो करिब २ बजेतिर उनी काठमाडौंको बालाजुस्थित एक रिसोर्टमा फेला परेका थिए।

    सोमबार बिहान सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेपछि सुरु भएको घटनाक्रम मंगलबार मन्त्री लेखक र डाक्टर श्रेष्ठबीचको भेटघाटसँगै केही सहज बन्दै गएको छ। तर डाक्टर श्रेष्ठले आफूमाथि लागेको आरोप र त्यसपछिको मानसिक अवस्थाबारे अझै गहिरो रूपमा सार्वजनिक नगरेका कारण घटनाको पूर्ण पृष्ठभूमि भने बाहिर आइसकेको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...