News Portal

  • काठमाडौं उपत्यकामा सवारी ठप्प, सर्वसाधारणका लागि प्रहरीले चलायो बस

    हिमालीसंचार संवाददाता
    १७१ पटक

    काठमाडौं, जेठ १९ – गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले सोमबार काठमाडौं उपत्यकाभर सार्वजनिक सवारी साधन ठप्प पारेपछि सर्वसाधारण अत्यन्तै मर्कामा परेका छन्। बिहानैदेखि बस चढ्न नपाएर सडक किनारमै उभिएका यात्रुहरूको पीडा देखेपछि नेपाल प्रहरीले दोहोरो बस सेवा सञ्चालनमा ल्याएको छ।

    प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार, राजधानीभित्र अत्यावश्यक यात्राका लागि दुईवटा बस सञ्चालनमा ल्याउने निर्णय गरिएको हो।

    “सार्वजनिक सवारी बन्द भएपछि नागरिक हिँडेर गन्तव्य पुग्न बाध्य थिए,” प्रवक्ता थापाले हिमाली सञ्चारसँग भन्नुभयो, “त्यसैले प्रहरीको तर्फबाट तत्काल राहतस्वरूप बस चलाउने निर्णय गरेका छौं।”

    सवारी बन्दको असर काठमाडौंका मुख्य सडकहरूमा प्रस्ट देखिएको छ। स्कुल, अस्पताल, कार्यालय जानुपर्नेहरू बिहानैदेखि हैरान परेका थिए। यस्तो मौकामा राइड सेयरिङ सेवाको शुल्क समेत आकस्मिक रूपमा बढेको छ, जसले सर्वसाधारणलाई झनै आर्थिक भार थोपरेको छ। केही मोटरसाइकल चालकहरू अफलाइन सेवा दिँदै यात्रु बोकेको दृश्य पनि देखिएको छ।

    यातायात व्यवसायीहरूको आन्दोलनका बीच प्रहरीले चालेको यो कदमले अलिकति भए पनि आम यात्रुहरूलाई राहत मिलेको छ। सडकमा हिँडिरहेका यात्रुहरूको अनुहारमा प्रहरीको बस देखेपछि देखिएको सहजता नै यसको प्रमाण हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रामनाथ अधिकारीले निर्वाचन नलड्ने घोषणा

    धादिङ, — नेपाली कांग्रेस धादिङका सभापति तथा निवर्तमान प्रतिनिधि सभाका सदस्य, साथै नेपाल सरकारका पूर्व...

    यात्री समाज कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न

    कुवेत, कुवेतकाे खैतानस्थित राजधानी होटलमा यात्री समाज कुवेतको दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशन उत्साहपूर्ण...

    गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

    काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट...

    बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

    बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही...

    धादिङका एलिजर तामाङ फागुन २१ को संघीय चुनावमा उम्मेदवार दिने

    धादिङ – धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–१ निवासी समाजसेवी एलिजर तामाङले आगामी फागुन २१ गते...