News Portal

मनपरी भाडाले थिचियो यात्रु: सवारी बन्दको मौका छोपेर राइड सेयरिङमा दोहन

हिमालीसंचार संवाददाता
१७१ पटक

काठमाडौं, जेठ १९ – सार्वजनिक सवारी साधन बन्द हुँदा यात्रुहरु वैकल्पिक माध्यम रोज्न बाध्य छन्। तर, यही परिस्थितिलाई लाभको अवसर ठानेर राइड सेयरिङ सेवामा संलग्न केही चालकहरूले यात्रुहरूमाथि मनपरी भाडा असुल्न थालेका छन्।

सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवा कानुनी रूपमा स्वीकृत गरेपछि त्यसको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित छन्। आन्दोलनका क्रममा सोमबार देशभरका कालो नम्बर प्लेटका सार्वजनिक गाडीहरु सडकमै ननिस्कने निर्णयपछि यात्रुहरू बिचल्लीमा परेका छन्।

सामान्य गन्तव्यमा समेत चर्को भाडा देखिन थालेको यात्रुहरू बताउँछन्। थापागाउँबाट बुद्धनगरसम्म पुग्न करिब नौ बजेतिर हेर्दा मोटरसाइकलको भाडा २२० रुपैयाँ देखिएको थियो। यस्तै, ट्याक्सीको भाडा ७०० रुपैयाँ नाघेको र विशेष सेवा दिने ट्याक्सीमा ८०० रुपैयाँभन्दा बढी मागिएको देखिएको छ।

साधारण दिनहरूमा १५० रुपैयाँसम्म देखाउने राइड सेयरिङ एपले अहिले ३ सयदेखि ४ सय रुपैयाँभन्दा कम नदेखाउने गुनासो यात्रुहरूबाट सुनिएको छ। एक यात्रुको भनाइमा, “हिजोको तुलनामा आज दुईगुना बढी भाडा देखिन्छ, तर विकल्प नभएपछि बाध्यतावश तिर्नु परेको छ।”

यता, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने राइड सेयरिङमार्फत भाडामा मनपरी गर्नेहरूमाथि निगरानी बढाएको जनाएको छ। प्रहरी उपरीक्षक दीपक गिरी भन्छन्, “हामीले स्थलगत अनुगमन टोली खटाएका छौं। यदि कसैले तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा कारबाही गरिनेछ।”

सरकार र व्यवसायीबीचको विवादको सीधा असर जनतामाथि परेको छ। न सार्वजनिक सवारी सहज, न त राइड सेयरिङ विश्वासिलो। एकातिर आन्दोलन, अर्कातिर मनपरी भाडा — सर्वसाधारणको यात्रा फेरि पनि बोझिलो बनेको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...