News Portal

त्रिविमा तोडफोड गर्ने विद्यार्थी नेताहरूविरुद्ध उजुरी, विश्वविद्यालयले भन्यो – अब उन्मुक्ति छैन

हिमालीसंचार संवाददाता
२४१ पटक

काठमाडौँ, जेठ १८ – त्रिभुवन विश्वविद्यालयको उपकुलपति सचिवालयमा हालै भएको अराजक घटनापछि विश्वविद्यालय प्रशासन कडा रूपमा प्रस्तुत भएको छ। विश्वविद्यालयको गरिमा र शैक्षिक मर्यादाविरुद्ध उत्रिएर तोडफोड तथा धम्कीपूर्ण व्यवहार प्रदर्शन गर्ने विद्यार्थी नेताहरूविरुद्ध अब कानुनी प्रक्रिया औपचारिक रूपमा थालिएको छ।

जेठको दोस्रो साता करिब दुई दर्जन विद्यार्थीहरूको समूहले उपकुलपति कार्यालयमा जबर्जस्ती प्रवेश गरी सचिवालयमा तोडफोड गरेका थिए। उनीहरूले भौतिक सम्पत्तिमा क्षति पुर्‍याए, पदाधिकारीहरूलाई फोनमार्फत धम्की दिए, र सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने प्रयास समेत गरे। विश्वविद्यालय प्रशासनले यस्ता कार्यलाई गम्भीर अपराध मानेर आवश्यक कारबाही अघि बढाएको हो।

त्रिवि रजिष्टारको कार्यालयले घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउने तयारी भएको जानकारी दिएको छ। सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने, शैक्षिक संस्थाको वातावरण बिगार्ने र जिम्मेवार पदाधिकारीहरूको सुरक्षा खतरामा पार्ने कार्य कुनै हालतमा सह्य नहुने प्रशासनको स्पष्ट भनाइ छ। यसअघि यस्ता घटनामा संलग्नहरू राजनीतिक संरक्षणका नाममा उन्मुक्ति पाउँदै आएका थिए भन्ने गुनासोहरू उठिरहेका बेला यसपटक भने उजुरी दर्ता भइसकेको छ।

विश्वविद्यालय प्रशासनले गृह मन्त्रालयलगायत सम्बन्धित निकायहरूलाई पटकपटक यस्ता घटना नियन्त्रणमा लिन आग्रह गर्दै आएको थियो। अहिले भने प्रत्यक्ष रुपमा कानुनी प्रक्रियामा जाने निर्णयसँगै त्रिविले स्पष्ट संकेत गरेको छ— सार्वजनिक शिक्षण संस्थामा तोडफोड, धम्की र अराजकता अब सह्य हुने छैन।

त्रिवि प्रशासनले सबै सरोकारवाला पक्षसँग सहकार्य गरी दोषीलाई कानुनी दायरामा ल्याउन दृढ प्रतिबद्धता व्यक्त गरेको छ। हिमाली सञ्चारले पाएको जानकारीअनुसार, अनुसन्धान अघि बढिसकेको छ र दोषी पहिचान गर्न सुरक्षा निकायहरू पनि सक्रिय छन्।

शिक्षण संस्था भित्रको अनुशासनहीनता र अराजक गतिविधिका विरुद्ध त्रिविको यो कडा कदमले अबका दिनमा शैक्षिक क्षेत्रभित्रको राजनीति र व्यवहारलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...