News Portal

४ अर्ब ९० करोड अपचलन प्रकरण : कर्णाली विकास बैंकका पूर्व अध्यक्ष राजेन्द्रवीर राय सीमाबाट पक्राउ

हिमालीसंचार संवाददाता
२४८ पटक

बाँके, जेठ १८ – कर्णाली क्षेत्रको बैंकिङ इतिहासमै सबैभन्दा ठूलो आर्थिक घोटालामा मुछिएका कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर राय अन्ततः प्रहरी फन्दामा परेका छन्। फरार रहेका रायलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले शनिबार नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट पक्राउ गरेको पुष्टि गरेको छ।

६५ वर्षीय राय सल्यान स्थायी घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मा बसोबास गर्दै आएका थिए। उनले २०७६ सालदेखि २०७९ सालसम्म कर्णाली विकास बैंकको सीईओका रूपमा काम गरेका थिए। बैंकको आन्तरिक लेखापरीक्षणबाट मात्रै करिब ४ अर्ब ९० करोड रुपैयाँ बराबरको रकम अपचलन भएको पत्ता लागेपछि उनले आफूलाई कानुनी प्रक्रियाबाट टाढा राख्दै फरार जीवन बिताउँदै आएका थिए।

सीआईबी स्रोतका अनुसार रायलाई सीमाको नेपाली भू–भागबाट नियन्त्रणमा लिइएको भनिए पनि केही स्रोतहरूका दाबीमा उनी भारतीय भूमि हुँदै नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्। पक्राउ परेपछि उनलाई आवश्यक अनुसन्धान र म्याद थप प्रक्रिया पूरा गर्न बाँके ल्याउने तयारी भइरहेको छ।

यो अपचलन काण्डमा राय मात्र नभई बैंकका तत्कालीन सीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र अधिकारी निरजविक्रम शाह समेतको संलग्नता देखिएको छ। बैंकको आन्तरिक छानबिनबाटै उनीहरूको नाम पनि सार्वजनिक भइसकेको छ।

२०६० सालमा स्थापना भएको कर्णाली डेभलपमेन्ट बैंक अहिले राष्ट्र बैंकको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालनमा रहेको छ। व्यापक वित्तीय अनियमितता फेला परेपछि राष्ट्र बैंकले यस बैंकमाथि निगरानी बढाएको हो।

राय पक्राउ परेसँगै लामो समयदेखि अधुरो रहेको यो प्रकरणले अब नयाँ मोड लिने देखिएको छ। सीआईबीले घटनालाई गम्भीर आर्थिक अपराधका रूपमा हेर्दै अनुसन्धानलाई तीव्र बनाउने तयारी गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...