News Portal

नेपाल परोपकार समाज कुवेतको अधिवेशन अगष्ट ८ मा हुने

हिमालीसंचार संवाददाता
७२४ पटक

कुवेत — नेपाल परोपकार समाज कुवेतको चौथो अधिवेशन तथा पाँचौं साधारण सभा आगामी ८ अगष्ट २०२५ मा हुने भएको छ। उक्त मितिमा अन्य संघ सघ संस्थाहरूले उक्त दिन कुवेतमा कार्यक्रम नगरिदिनु हुन आयोजकले अनुरोध गरेकाे छ।

परोपकार समाज केवल दान वा सहायता गर्ने कुरा मात्र होइन, यो मानवीय मूल्य, सहअस्तित्व र सामाजिक उत्तरदायित्वको प्रतिविम्ब हो।

यस्तो समाजले दीर्घकालीन रूपमा समृद्धि, शान्ति र एकताको मार्ग तयार गर्छ। परोपकारी समाजमा मानिसहरू एक अर्कालाई सहयोग गर्न सधैं तत्पर हुन्छन्—विशेष गरी कठिन समयमा। अभावमा परेका व्यक्तिहरूलाई खाना, लुगा, शिक्षा वा स्वास्थ्य सेवामा साथ दिने चलन हुन्छ।

कुवेतस्थित खैतानको राजधानी होटलमा हुने कार्यक्रममा सबै नेपाली संघसंस्था, प्रतिनिधिहरू, समाजसेवी, पत्रकार तथा शुभेच्छुकहरूलाई विशेष आमन्त्रण गरिने आयोजकले जनाएको छ। नेपाली श्रमिकहरूको सेवामा समर्पित संस्था नेपाल परोपकार समाज कुवेतको स्थापना सन् २०२० मा धीरेन्द्र राज सुवेदीको अध्यक्षतामा स्थापना भएको थियो।

संस्थाले स्थापना देखिनै सामाजिक सेवामा सक्रिय भूमिका निभाउँदै आएको छ। हालसम्म समाजले करिब ८०० भन्दा बढी पीडित नेपाली कामदारहरूको उद्धार गरी स्वदेश फिर्ता गराउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

परोपकार समाज केवल दान वा सहायता गर्ने कुरा मात्र होइन, यो मानवीय मूल्य, सहअस्तित्व र सामाजिक उत्तरदायित्वको प्रतिविम्ब हो। यस्तो समाजले दीर्घकालीन रूपमा समृद्धि, शान्ति र एकताको मार्ग तयार गर्छ।

कार्यक्रम कार्यक्रम हुने  स्थान र मिति

मिति  – अगष्ट ८, २०२५

स्थान – राजधानी होटल कुवेत।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...