News Portal

रोशनी शाहीको मृत्यु : न्याय खोज्दाको अन्तिम यात्रा यहीं टुंगियो

हिमालीसंचार संवाददाता
५३८ पटक

काठमाडौं, जेठ ११ – भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित एक डेराबाट आइतबार दिउँसो एक महिला मृत अवस्थामा फेला परेकी छन्। मृतक ५० वर्षीया रोशनी शाही हुन्, जो केही वर्षअघि पूर्वसभामुख कृष्णबहादुर महरासँग जोडिएको चर्चित बलात्कार प्रकरणमा पीडितका रूपमा सार्वजनिक भएकी थिइन्। ती घटनामा महरा पछि कानुनी रूपमा निर्दोष प्रमाणित भएका थिए।

शाही बालकोटको बृहस्पति मार्गमा रहेको लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्दै आएकी थिइन्। आइतबार दिउँसो करिब १ बजेर ५० मिनेट जाँदा प्रहरीलाई खबर प्राप्त भएपछि घटनास्थल पुगेको टोलीले उनी आफ्नै कोठाभित्र मृत अवस्थामा रहेको पुष्टि गरेको हो। प्रहरीका अनुसार कोठाको ढोका भित्रबाटै चुकुल लगाइएको थियो।

घटनास्थलबाट सुसाइड नोट समेत फेला परेको छ भने मृतकको शरीरमा कुनै चोटपटक वा बाह्य क्षति नदेखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शाहीको स्थायी घर जाजरकोट जिल्लामा पर्छ। उनका छोराछोरी विदेशमा बसोबास गर्दै आएका छन् भने श्रीमान् उपत्यका बाहिर कामको सिलसिलामा रहेको प्रहरी स्रोतको भनाइ छ।

घटनाले पुनः एकपटक विगतका विवादित घटनाहरूलाई सम्झाउने बनाएको छ। मानसिक तनाव र सामाजिक दबाबका बीच उनले अन्ततः यस्तो निर्णय लिएको हुनसक्ने प्रहरीको अनुमान छ, यद्यपि घटनाबारे गहिरो अनुसन्धान सुरु गरिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...