News Portal

रोशनी शाहीको मृत्यु : न्याय खोज्दाको अन्तिम यात्रा यहीं टुंगियो

हिमालीसंचार संवाददाता
४८८ पटक

काठमाडौं, जेठ ११ – भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित एक डेराबाट आइतबार दिउँसो एक महिला मृत अवस्थामा फेला परेकी छन्। मृतक ५० वर्षीया रोशनी शाही हुन्, जो केही वर्षअघि पूर्वसभामुख कृष्णबहादुर महरासँग जोडिएको चर्चित बलात्कार प्रकरणमा पीडितका रूपमा सार्वजनिक भएकी थिइन्। ती घटनामा महरा पछि कानुनी रूपमा निर्दोष प्रमाणित भएका थिए।

शाही बालकोटको बृहस्पति मार्गमा रहेको लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्दै आएकी थिइन्। आइतबार दिउँसो करिब १ बजेर ५० मिनेट जाँदा प्रहरीलाई खबर प्राप्त भएपछि घटनास्थल पुगेको टोलीले उनी आफ्नै कोठाभित्र मृत अवस्थामा रहेको पुष्टि गरेको हो। प्रहरीका अनुसार कोठाको ढोका भित्रबाटै चुकुल लगाइएको थियो।

घटनास्थलबाट सुसाइड नोट समेत फेला परेको छ भने मृतकको शरीरमा कुनै चोटपटक वा बाह्य क्षति नदेखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शाहीको स्थायी घर जाजरकोट जिल्लामा पर्छ। उनका छोराछोरी विदेशमा बसोबास गर्दै आएका छन् भने श्रीमान् उपत्यका बाहिर कामको सिलसिलामा रहेको प्रहरी स्रोतको भनाइ छ।

घटनाले पुनः एकपटक विगतका विवादित घटनाहरूलाई सम्झाउने बनाएको छ। मानसिक तनाव र सामाजिक दबाबका बीच उनले अन्ततः यस्तो निर्णय लिएको हुनसक्ने प्रहरीको अनुमान छ, यद्यपि घटनाबारे गहिरो अनुसन्धान सुरु गरिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...