News Portal

लामिछाने–जोशी प्रकरण : अदालतमा बहस सम्पन्न, आजै निर्णय आउने संकेत

हिमालीसंचार संवाददाता
२०३ पटक

काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी विरुद्ध दायर मुद्दामा शुक्रबार भएको सुनुवाइ सकिएको छ। जाहेरवाला र प्रतिवादी पक्षका कानुनी प्रतिनिधिहरूबीच घन्टौं लामो बहसपछि अब अदालतले आदेश लेख्न थालिसकेको छ। स्रोतका अनुसार सोही आदेश आजै सार्वजनिक हुने प्रबल सम्भावना छ।

शुक्रबारको सुनुवाइमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र अधिवक्ता रामचन्द्र आरसी गौतमले कानूनगत तर्कहरू प्रस्तुत गरे। तिनका बहसलाई प्रतिवादी पक्षबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले रवि लामिछानेको तर्फबाट जवाफ दिए भने अधिवक्ता सतीषकृष्ण खरेलले छविलाल जोशीको पक्षबाट कानुनी बचाउ गरे।

कानूनी प्रक्रिया पूरा भएसँगै अब अदालतको आदेश प्रतीक्षामा सबैको ध्यान केन्द्रित भएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...