News Portal

रवि लामिछाने प्रकरण : सर्वोच्चमा बहस सकियो, निर्णयको पर्खाइ

हिमालीसंचार संवाददाता
२६१ पटक

काठमाडौं, जेठ ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहस सर्वोच्च अदालतमा सकिएको छ। बिहीबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेपछि अब सर्वोच्चको अन्तिम निर्णयको प्रतीक्षा गरिएको छ।

ठगी अभियोगमा मुछिएको सुप्रिम सहकारी प्रकरणका कारण लामिछानेलाई रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो। तर, त्यसपछि उच्च अदालत बुटवलले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो।

वरिष्ठ अधिवक्ता श्रेष्ठले लामिछानेको तर्फबाट कानुनी पक्ष प्रस्तुत गर्दै बहस गरे पनि समय अभावका कारण मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो। अब यो मुद्दामा सर्वोच्च अदालतको आदेशपछि लामिछानेको भविष्यबारे स्पष्टता आउनेछ।

सुप्रिम सहकारी प्रकरणमा लामिछानेको संलग्नता सम्बन्धमा सार्वजनिक चासो बढिरहेका बेला यस मुद्दाको निर्णयले थप राजनीतिक तथा कानुनी तरंग सिर्जना गर्नसक्ने अनुमान गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...