News Portal

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ त कारोबार?

हिमालीसंचार संवाददाता
१७१ पटक

काठमाडौं, जेठ ८ – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य फेरि चुलिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला १ हजार ७०० रुपैयाँले वृद्धि भई नयाँ दर कायम भएको हो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार, बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ। बुधवार यो मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँमा स्थिर थियो। उल्लेखनीय कुरा त के छ भने बुधवार पनि सुनको मूल्य अघिल्लो दिनको तुलनामा ५ हजार रुपैयाँले उकालो लागेको थियो। यसले बजारमा सुनको मूल्य निरन्तर बढिरहेको सङ्केत दिन्छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धिको क्रम जारी छ। अघिल्लो दिन प्रति तोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २ हजार २५ रुपैयाँमा पुगेको छ।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...