News Portal

गौशालामा आठ सवारी ठोक्किँदा आठ जना घाइते, बस चालक फरार

हिमालीसंचार संवाददाता
३५४ पटक

काठमाडौं, जेठ ७ – काठमाडौंको व्यस्त क्षेत्र गौशालामा बुधबार दिउँसो एक आपसमा ठोक्किँदै आठवटा सवारी साधन दुर्घटनामा परेका छन्। दुर्घटना दोपहर करिब १२ बजेतिर भएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बाबा गोकर्णेश्वर यातायातको बा ५ ख ६७३५ नम्बरको बस अनियन्त्रित हुँदै अगाडि बढ्दा त्यसपछिका अन्य सवारी साधनलाई एकपछि अर्को ठोक्केको थियो। दुर्घटनामा बससहित तीनवटा कार, दुई मोटरसाइकल, एक स्कुटर र एक हायस भ्यान क्षतिग्रस्त भएका छन्।

दुर्घटनामा आठ जना घाइते भएका छन् भने सबैलाई तत्काल उद्धार गरी केएमसी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिनुभयो।

घाइतेमध्ये धादिङ ज्वालामुखी गाउँपालिका–१ का ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाउँपालिका–२ का २२ वर्षीय विकास कट्टेल, खोटाङ हलेसी तुवाचुङ नगरपालिका–५ का ३७ वर्षीय शैलेन्द्र राई तथा भक्तपुर घर भइ काठमाडौं बस्दै आएकी १९ वर्षीया स्मिता ढुङ्गेल रहेका छन्।

ठोक्किएका सवारी साधन र तिनका चालक विवरण यसप्रकार छन्:

१. बा ५ ख ६७३५ – बाबा गोकर्णेश्वर यातायातको बस (चालक फरार)

२. बा ५ ख ७३१ – हायस, चालक: काभ्रेका ३४ वर्षीय रक्तिम लामा

३. बा.प्र–०१–०२६ च ८५७६ – कार, चालक: सिन्धुपाल्चोकका २७ वर्षीय राम तामाङ

४. B AC ९७७३ – कार, चालक: ५३ वर्षीय त्रिरत्न प्रजापति

५. बा १६ च ४४५२ – कार, चालक: काठमाडौं टोखाका ४१ वर्षीय प्रेम प्रसाद गेलाल

६. प्र–२–०१–००३ प १००५ – मोटरसाइकल, चालक: शैलेन्द्र राई

७. बा ५१ प २२ – मोटरसाइकल, चालक: राजकुमार श्रेष्ठ

८. बा.प्र–०२–०४६ प ४८१९ – स्कुटर, चालक: स्मिता ढुङ्गेल

दुर्घटनापछि बस चालक भने फरार छन् भने प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ। घटनास्थलमा केही समय सवारी जाम समेत भएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...