News Portal

गौशालामा आठ सवारी ठोक्किँदा आठ जना घाइते, बस चालक फरार

हिमालीसंचार संवाददाता
२२५ पटक

काठमाडौं, जेठ ७ – काठमाडौंको व्यस्त क्षेत्र गौशालामा बुधबार दिउँसो एक आपसमा ठोक्किँदै आठवटा सवारी साधन दुर्घटनामा परेका छन्। दुर्घटना दोपहर करिब १२ बजेतिर भएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बाबा गोकर्णेश्वर यातायातको बा ५ ख ६७३५ नम्बरको बस अनियन्त्रित हुँदै अगाडि बढ्दा त्यसपछिका अन्य सवारी साधनलाई एकपछि अर्को ठोक्केको थियो। दुर्घटनामा बससहित तीनवटा कार, दुई मोटरसाइकल, एक स्कुटर र एक हायस भ्यान क्षतिग्रस्त भएका छन्।

दुर्घटनामा आठ जना घाइते भएका छन् भने सबैलाई तत्काल उद्धार गरी केएमसी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिनुभयो।

घाइतेमध्ये धादिङ ज्वालामुखी गाउँपालिका–१ का ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाउँपालिका–२ का २२ वर्षीय विकास कट्टेल, खोटाङ हलेसी तुवाचुङ नगरपालिका–५ का ३७ वर्षीय शैलेन्द्र राई तथा भक्तपुर घर भइ काठमाडौं बस्दै आएकी १९ वर्षीया स्मिता ढुङ्गेल रहेका छन्।

ठोक्किएका सवारी साधन र तिनका चालक विवरण यसप्रकार छन्:

१. बा ५ ख ६७३५ – बाबा गोकर्णेश्वर यातायातको बस (चालक फरार)

२. बा ५ ख ७३१ – हायस, चालक: काभ्रेका ३४ वर्षीय रक्तिम लामा

३. बा.प्र–०१–०२६ च ८५७६ – कार, चालक: सिन्धुपाल्चोकका २७ वर्षीय राम तामाङ

४. B AC ९७७३ – कार, चालक: ५३ वर्षीय त्रिरत्न प्रजापति

५. बा १६ च ४४५२ – कार, चालक: काठमाडौं टोखाका ४१ वर्षीय प्रेम प्रसाद गेलाल

६. प्र–२–०१–००३ प १००५ – मोटरसाइकल, चालक: शैलेन्द्र राई

७. बा ५१ प २२ – मोटरसाइकल, चालक: राजकुमार श्रेष्ठ

८. बा.प्र–०२–०४६ प ४८१९ – स्कुटर, चालक: स्मिता ढुङ्गेल

दुर्घटनापछि बस चालक भने फरार छन् भने प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ। घटनास्थलमा केही समय सवारी जाम समेत भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...