News Portal

बलुचिस्तानमा स्कुल बसमा विस्फोट, तीन बालबालिकासहित पाँचको मृत्यु

हिमालीसंचार संवाददाता
३१२ पटक

पाकिस्तानको अशान्त प्रान्त बलुचिस्तानको खुजदार सहरमा बुधबार बिहान एक हृदयविदारक घटना घटेको छ। स्कुलतर्फ गइरहेको बालबालिकाले भरिएको बस लक्षित गर्दै गराइएको विस्फोटमा परी तीन निर्दोष बालबालिकासहित पाँच जनाले ज्यान गुमाएका छन्। सो आक्रमणमा अन्य दुई दर्जनभन्दा बढी बालबालिका घाइते भएका छन्।

स्थानीय समयअनुसार बिहान सबेरै खुजदार सहरको ‘जिरो पोइन्ट’ नजिकै बस विस्फोटमा परेपछि पूरै ध्वस्त भएको हो। प्रहरी स्रोतका अनुसार सो बस खुजदार क्यान्ट क्षेत्रमा रहेको एक निजी स्कुलका बालबालिकाहरू बोकेर स्कुलतर्फ जाँदै थियो।

विस्फोट यति शक्तिशाली थियो कि बससँगै पार्किङमा रहेको एक सानो कार समेत क्षतिग्रस्त भएको बताइएको छ। घटनास्थलमा तत्काल उद्धार टोली खटाइएर घाइतेहरूलाई अस्पताल पु¥याइएको छ। अहिले उनीहरूको उपचार भइरहेको छ भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

स्थानीय प्रहरी चौकीका प्रमुख (एसएचओ) का अनुसार घटनास्थलमा सुराकी र प्रमाण सङ्कलनको काम तीव्र गतिमा भइरहेको छ। तर, यो आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन। सुरक्षाविशेषज्ञहरूले यसलाई बलुच अतिवादी समूहको संलग्नता भएको हुन सक्ने अनुमान गरेका छन्।

यस दर्दनाक घटनाप्रति पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले गहिरो दुःख प्रकट गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, निर्दोष बालबालिकालाई लक्षित गर्ने यो खालको अमानवीय आक्रमणको कडा निन्दा पनि गरेका छन्।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...