News Portal

परराष्ट्रमन्त्री देउवा र एनआरएनए अध्यक्ष श्रेष्ठलाई जापानमा भव्य स्वागत

हिमालीसंचार संवाददाता
३६३ पटक

टोकियो, जेठ ६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठलाई जापानमा एकैसाथ भव्य स्वागत गरिएको छ।

राजधानी टोकियोमा बुधबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मन्त्री देउवा जापान पुगेकी हुन्। यता, सर्वोच्च अदालतबाट गठित उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष श्रेष्ठ पनि पहिलोपटक आफ्नो कर्मथलो जापान पुगेका हुन्।

उनीहरूलाई जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानका अध्यक्ष नवीन निउरे, एनसीसी जापानका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस जनसम्पर्क समिति जापानका सभापति रोशन केसी लगायतको टोलीले नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

परराष्ट्रमन्त्री देउवाले जापान बसाइँका क्रममा सम्मेलनमा सहभागिता जनाउनुका साथै यही जेठ ८ गते (मे २२ तारिख) जापानी समकक्षी इवाया ताकेसीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। मन्त्री राणा नेतृत्वको टोली यही शनिबार स्वदेश फर्कने कार्यक्रम छ।

उता, अध्यक्ष श्रेष्ठले जापान बसाइँका क्रममा गैरआवासीय नेपाली अभियन्ताहरू सँग अन्तरक्रिया र छलफल कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...