News Portal

  • परराष्ट्रमन्त्री देउवा र एनआरएनए अध्यक्ष श्रेष्ठलाई जापानमा भव्य स्वागत

    हिमालीसंचार संवाददाता
    २२० पटक

    टोकियो, जेठ ६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठलाई जापानमा एकैसाथ भव्य स्वागत गरिएको छ।

    राजधानी टोकियोमा बुधबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मन्त्री देउवा जापान पुगेकी हुन्। यता, सर्वोच्च अदालतबाट गठित उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष श्रेष्ठ पनि पहिलोपटक आफ्नो कर्मथलो जापान पुगेका हुन्।

    उनीहरूलाई जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानका अध्यक्ष नवीन निउरे, एनसीसी जापानका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस जनसम्पर्क समिति जापानका सभापति रोशन केसी लगायतको टोलीले नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

    परराष्ट्रमन्त्री देउवाले जापान बसाइँका क्रममा सम्मेलनमा सहभागिता जनाउनुका साथै यही जेठ ८ गते (मे २२ तारिख) जापानी समकक्षी इवाया ताकेसीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। मन्त्री राणा नेतृत्वको टोली यही शनिबार स्वदेश फर्कने कार्यक्रम छ।

    उता, अध्यक्ष श्रेष्ठले जापान बसाइँका क्रममा गैरआवासीय नेपाली अभियन्ताहरू सँग अन्तरक्रिया र छलफल कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ७ सय म्यासेज पठाएर हैरानी, नुवाकोट युवक प्रहरी हिरासतमा

    काठमाडौं, भदौ १२ – नुवाकोटका २७ वर्षीय सुमित भट्टराईले २० वर्षीया युवतीलाई लगातार हैरानी दिएको...

    ओली सचिवालयद्वारा भण्डारीसँग सम्बन्धित समाचार खण्डन

    काठमाडौं, भदौ १२ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको अनौपचारिक...

    बिहारमा उच्च सतर्कता : नेपाल हुँदै भारत प्रवेश गरेको आतंकवादीको आशंका

    काठमाडौं, भदौ १२ – भारतको बिहार राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपालमार्ग हुँदै पाकिस्तानस्थित...

    प्रचण्ड : “विद्या भण्डारीलाई राजनीतिमा फर्कने बाटो मैले सजिलो बनाइदिएको हुँ”

    विराटनगर, भदौ १२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय...

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...