News Portal

काठमाडौं उपत्यकामा हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि जनजागरण यात्रा सुरु हुने

हिमालीसंचार संवाददाता
२२० पटक

काठमाडौं, जेठ ६ – हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका पक्षमा जनआन्दोलनको तयारीमा रहेको राप्रपा नेपालले काठमाडौं उपत्यकाभर शान्तिपूर्ण जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

पार्टी अध्यक्ष कमल थापाले सोमबार बिहान राजधानीमा आयोजित कार्यक्रममार्फत जनताको बलमा नै मुलुकको वर्तमान संरचनालाई पुनः समीक्षा गरिने संकेत गरे। उनले भने, “हाम्रो उद्देश्य सरकारलाई दमनको कल्पना गर्न नसक्ने गरी लाखौं नागरिकलाई सडकमा उतार्नु हो। आन्दोलन शान्तिपूर्ण, मर्यादित र अनुशासित हुनेछ।”

थापाका अनुसार राजधानीका प्रत्येक घर–घरमा पुगेर नागरिकलाई आन्दोलनप्रति सहानुभूति जगाउने र सक्रिय सहभागिता गराउने अभियान सञ्चालन हुनेछ। “हामी भिडन्त चाहँदैनौं, तर जनशक्ति र राष्ट्रिय चेतनाको माध्यमबाट धर्मनिरपेक्ष, संघीय गणतन्त्रको विकल्प प्रस्तुत गर्छौं,” उनले जोड दिए।

राप्रपा नेपालसहितका राजावादी दलहरूले संयुक्तरूपमा सञ्चालन गर्न लागेको अभियानलाई ‘काठमाडौं उपत्यका जनजागरण यात्रा’ नाम दिइएको छ। यात्रा जेठ ८ गते शंखरापुर नगरपालिका–साँखुबाट सुरू भई उपत्यकाका १५ वटा स्थानीय तहमा पुग्नेछ।

पार्टीले जनाएको छ कि जेठ ११ गते भक्तपुरको कमलविनायकमा अभियानको औपचारिक समापन गरिनेछ। त्यसअघि काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ। “हामी राष्ट्रिय झण्डा बोकेर, सबै दलका राष्ट्रवादी प्रतिनिधिहरूको सहभागितामा जनताको घर–घरमा पुगी आन्दोलनमा सहभागी हुन अनुरोध गर्नेछौं,” थापाले स्पष्ट पारे।

उनले राष्ट्रवादी विचारधारामा विश्वास गर्ने सबै शक्तिहरूलाई एकजुट भई हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पुनर्स्थापनाका लागि दृढसंकल्पका साथ अघि बढ्न पनि आह्वान गरे।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...