News Portal

काठमाडौं उपत्यकामा हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि जनजागरण यात्रा सुरु हुने

हिमालीसंचार संवाददाता
१७८ पटक

काठमाडौं, जेठ ६ – हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका पक्षमा जनआन्दोलनको तयारीमा रहेको राप्रपा नेपालले काठमाडौं उपत्यकाभर शान्तिपूर्ण जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

पार्टी अध्यक्ष कमल थापाले सोमबार बिहान राजधानीमा आयोजित कार्यक्रममार्फत जनताको बलमा नै मुलुकको वर्तमान संरचनालाई पुनः समीक्षा गरिने संकेत गरे। उनले भने, “हाम्रो उद्देश्य सरकारलाई दमनको कल्पना गर्न नसक्ने गरी लाखौं नागरिकलाई सडकमा उतार्नु हो। आन्दोलन शान्तिपूर्ण, मर्यादित र अनुशासित हुनेछ।”

थापाका अनुसार राजधानीका प्रत्येक घर–घरमा पुगेर नागरिकलाई आन्दोलनप्रति सहानुभूति जगाउने र सक्रिय सहभागिता गराउने अभियान सञ्चालन हुनेछ। “हामी भिडन्त चाहँदैनौं, तर जनशक्ति र राष्ट्रिय चेतनाको माध्यमबाट धर्मनिरपेक्ष, संघीय गणतन्त्रको विकल्प प्रस्तुत गर्छौं,” उनले जोड दिए।

राप्रपा नेपालसहितका राजावादी दलहरूले संयुक्तरूपमा सञ्चालन गर्न लागेको अभियानलाई ‘काठमाडौं उपत्यका जनजागरण यात्रा’ नाम दिइएको छ। यात्रा जेठ ८ गते शंखरापुर नगरपालिका–साँखुबाट सुरू भई उपत्यकाका १५ वटा स्थानीय तहमा पुग्नेछ।

पार्टीले जनाएको छ कि जेठ ११ गते भक्तपुरको कमलविनायकमा अभियानको औपचारिक समापन गरिनेछ। त्यसअघि काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ। “हामी राष्ट्रिय झण्डा बोकेर, सबै दलका राष्ट्रवादी प्रतिनिधिहरूको सहभागितामा जनताको घर–घरमा पुगी आन्दोलनमा सहभागी हुन अनुरोध गर्नेछौं,” थापाले स्पष्ट पारे।

उनले राष्ट्रवादी विचारधारामा विश्वास गर्ने सबै शक्तिहरूलाई एकजुट भई हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पुनर्स्थापनाका लागि दृढसंकल्पका साथ अघि बढ्न पनि आह्वान गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...