News Portal

    बुढीगण्डकी आयोजना जनताको सेयरबाट निर्माण गर्न सकिने सम्भावना : सांसद बजगाई

    हिमालीसंचार संवाददाता
    ६८ पटक

    काठमाडौं, जेठ ५ – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बुढीगण्डकी जलविद्युत आयोजना जनताको सेयरबाट निर्माण गर्न सकिने सम्भावना औँल्याएका छन्।

    प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बजगाईले सरकारले आयोजनाका लागि स्रोत व्यवस्थापनको विकल्प खोजिरहेको सन्दर्भमा आम नागरिकलाई प्रत्यक्ष सेयर स्वामित्व दिने अभ्यास सुरुवात गर्नु उपयुक्त हुने तर्क प्रस्तुत गरे।

    “यदि ३ करोड १५ लाख नेपालीलाई प्रतिव्यक्ति ९ हजार ८४१ रुपैयाँका दरले सेयर वितरण गर्ने हो भने बुढीगण्डकी आयोजना हामी आफैंले बनाउन सक्छौं,” सांसद बजगाईले सदनमा स्पष्ट पारे।

    सरकार स्रोतको खोजीमा अलमलिएको अवस्थामा नागरिकको स्वामित्वलाई अघि सार्दै आयोजना अगाडि बढाउन सकिने उनको भनाइ थियो। सांसद बजगाईले सभामुखमार्फत सरकारलाई आफ्नो सुझाव सुनाइदिन पनि आग्रह गरे।

    यही क्रममा उनले बाढीका कारण क्षति पुगेको त्रिशूली नदी आसपासका क्षेत्र—धवाडीघाट, ठेवाटार र सिलिङटारमा रहेको झोलुंगे पुल अझै पुनर्निर्माण नहुनुमा पनि चिन्ता व्यक्त गर्दै तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

    उनका अनुसार राष्ट्रिय गौरवका आयोजनामा सरकार र जनताको साझा लगानी र सहभागिताबाट मात्रै दीगो विकास सम्भव हुन्छ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    फेसबुकमा आत्महत्या गर्ने संकेत दिएका डा. केशव श्रेष्ठ बालाजुमा सकुशल फेला, प्रहरी नियन्त्रणमा

    काठमाडौं, असार २ –  सामाजिक सञ्जालमा आत्महत्या गर्ने संकेतपूर्ण स्टाटस लेखेर हराएका डा. केशव श्रेष्ठ...

    ‘झूठा आरोप, मानसिक यातना र अब म सकिँदैछु’ — डा. केशव श्रेष्ठको भावुक स्टाटस

    रामेछाप, असार २ – रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसू) डा. केशव श्रेष्ठले एक भावुक...

    हतियार र भारी परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ, गाउँलेको अवरोधपछि प्रहरीद्वारा हवाई फायर

    मकवानपु, असार २ – राक्सिराङ गाउँपालिका–१ निवासी ५० वर्षीय राजु स्याङतानलाई प्रहरीले अवैध हातहतियार र...

    राप्रपाको घोषणा : असार १ गतेको संसद भत्ता नलिने

    काठमाडौं, असार २ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असार १ गते बसेको प्रतिनिधि सभाको बैठक...

    कम्युनिष्ट सरकार, अप्रजातान्त्रिक संसद, अधिनायकवादी सभामुख घिमिरे

    काठमाडौं, असार २ – नेपाललाई लोकतान्त्रिक मुलुक भनिन्छ, तर हाल नेपालमा कम्युनिष्ट पार्टी एमालेको नेतृत्वमा...