News Portal

  • भरत ताल भ्रष्टाचार प्रकरण : वन क्षेत्र अतिक्रमण गरी ५७ करोडभन्दा बढीको अनियमितता, आठ जना विरुद्ध विशेष अदालतमा मुद्दा

    हिमालीसंचार संवाददाता
    १६८ पटक

    काठमाडौं, जेठ ५ – सर्लाहीको बागमती नगरपालिकामा निर्माण गरिएको भरत तालको नाममा भएको व्यापक भ्रष्टाचार प्रकरण सार्वजनिक भएको छ। सरकारी अनुदान र बजेटको दुरुपयोग गरी माछा नै नपाइने क्षेत्रमा माछापोखरी निर्माण गरिएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    अख्तियारको अनुसन्धान अनुसार माओवादी केन्द्रबाट निर्वाचित नगरप्रमुख भरतकुमार थापाको नेतृत्वमा बागमती नगरपालिका–४ र १२ को सागरनाथ वन विकास परियोजनाअन्तर्गतको संरक्षित वन क्षेत्र अतिक्रमण गरेर भरत ताल निर्माण गरिएको हो। ताल निर्माणको नाममा संघीय र प्रदेश सरकारबाट पटक–पटक गरी ५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ अनुदान प्राप्त गरी अनियमित रूपमा खर्च गरिएको देखिएको छ।

    यस प्रकरणमा मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार, बागमती नगरपालिकाका तत्कालीन उपप्रमुख लीलाकुमारी मुक्तान, प्रमुख प्रशासकीय अधिकृत विनयकुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर निरन्जन लामिछाने र सागर पौडेलसहित आठ जना विरुद्ध फरक–फरक बिगो तोकी मुद्दा दायर गरिएको छ।

    मन्त्रीले कानुन मिचेर हस्ताक्षर

    २०७८ असार ६ मा मन्त्री विजयकुमारले प्रदेश मन्त्रिपरिषद्को निर्णयबिनै एकल निर्णयमा ३० करोड अनुदान दिने एमओयूमा हस्ताक्षर गरेका थिए। मन्त्रालयका कानुन अधिकृत गोकुल भुजेलको रायबिना नै अनुदान स्वीकृत गरिएको देखिएको छ। कुनै वातावरणीय प्रभाव मूल्याङ्कन नगरी, बागमती नदीको पानी प्रयोग स्वीकृति नलिई, माछा पालनसम्बन्धी अध्ययनसमेत नगरी निर्माण कार्य थालिएको अख्तियारले जनाएको छ।

    जबरजस्ती वन अतिक्रमण

    सागरनाथ वन विकास परियोजनाले पटक–पटक वन क्षेत्रमा संरचना निर्माण नगर्न पत्राचार गरे पनि नगरपालिकाले जबर्जस्ती रुपमा ताल बनाएको देखिएको छ। नदीजन्य पदार्थ उत्खनन गरी बनेको खाल्डोलाई माछापोखरीको रूप दिइएको थियो। तर माछा उत्पादन नभएको ठाउँमा करोडौं खर्च गरी सरकारी स्रोतको दुरुपयोग गरिएको हो।

    थापाविरुद्ध चौथो मुद्दा

    मेयर थापाविरुद्ध यो चौथो भ्रष्टाचार मुद्दा हो। यसअघि अख्तियारले थापाविरुद्ध ५ करोड ३३ लाखभन्दा बढीको अकुत सम्पत्ति आर्जन मुद्दा दायर गरिसकेको छ भने वन तथा वातावरण मन्त्रालयले पनि १ अर्ब ४९ करोडभन्दा बढीको बिगोमा मुद्दा हालेको छ। थापासहित उनका परिवारका सदस्यहरू समेत सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

    उनीहरूमाथि तोकिएको सजाय र बिगो यस्तो छ :

    विजयकुमार (पूर्व अर्थमन्त्री) : बिगो – २९.९९ करोड, कैद – १७ वर्ष

    भरतकुमार थापा (पूर्व मेयर) : बिगो – ५६.७१ करोड, कैद – १७ वर्ष

    लीलाकुमारी मुक्तान (पूर्व उपमेयर) : बिगो – ५६.७१ करोड, कैद – १४ वर्ष

    विनयकुमार पोखरेल (प्रशासकीय अधिकृत) : बिगो – ५६.७१ करोड, कैद – १४ वर्ष

    गोकुल भुजेल (कानुन अधिकृत) : बिगो – २९.९९ करोड, कैद – १४ वर्ष

    निरन्जन लामिछाने (इन्जिनियर) : बिगो – १०.१४ करोड, कैद – १४ वर्ष

    सागर पौडेल (इन्जिनियर) : बिगो – ४६.५६ करोड, कैद – १४ वर्ष

    विश्वराज पोखरेल (लेखा अधिकृत) : बिगो – ५६.०३ करोड, कैद – १४ वर्ष

    यसरी एक योजनाको नाममा वन क्षेत्र अतिक्रमण, सरकारी निकायको निर्देशनको अवहेलना र कानुनी प्रक्रिया मिच्दै निर्माण गरिएको भरत ताल अब भ्रष्टाचारको ऐतिहासिक प्रमाण बनेको छ। अख्तियारले सबै संरचनाहरू जफत गरी सार्वजनिक हितअनुसार प्रयोग गर्न सक्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...

    नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

    काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच...