News Portal

सरकार सरकारजस्तो देखिएको छैन : सांसद सञ्जय गौतम

हिमालीसंचार संवाददाता
१७१ पटक

काठमाडौं, जेठ ४ – नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको हालको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास डगमगाउन थालेको धारणा राखेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा धारिलो भाषण गर्दै सांसद गौतमले कांग्रेस र एमालेबीचको सहकार्यमा बनेको सरकार जनअपेक्षा अनुसार सञ्चालनमा नआएको स्पष्ट पारे। “सरकार हाम्रो हो, तर सरकार सरकारजस्तो चलेको महसुस भएको छैन। संसद पनि आफ्नो मर्यादाअनुसार चलिरहेको छैन। न्यायपालिकाबाट पनि जनतामा अपेक्षित भरोसा सिर्जना हुन सकेको छैन,” उनले बताए।

गौतमका अनुसार अहिले आम जनमानसमा निराशा गहिरिँदै गएको छ। उनले नयाँ सोच र नयाँ सम्भावनाको खाँचो औंल्याउँदै राष्ट्रको दिगो भविष्य सुनिश्चित गर्न सबै प्रमुख राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति अपरिहार्य भएको तर्क गरे।

“अब ढिला नगरी सबै शीर्ष नेताहरू एकै ठाउँमा बसेर राष्ट्रका लागि साझा मार्गरेखा तय गर्नुपर्छ। राष्ट्रिय सहमतिविना मुलुकको शासन प्रणाली, संघीयता र समग्र व्यवस्था नै संकटमा पर्न सक्छ,” सांसद गौतमको चेतावनी थियो।

उनले राष्ट्रलाई सही दिशामा लैजान ठोस नीति, पारदर्शिता र नेतृत्वको दृढ इच्छाशक्ति आवश्यक रहेको उल्लेख गर्दै वर्तमान सरकारबाट त्यो अपेक्षा पुरा नभएको दुःख व्यक्त गरे।

सांसद गौतमको वक्तव्य हालको राजनीतिक परिवेशमा जनताबीच बढ्दो असन्तुष्टि र निराशालाई उजागर गर्ने कडीका रूपमा हेरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...